धरान: सुनसरी उद्योग वाणिज्य सङ्घको ३९ औं साधारणसभा सम्पन्न भएको छ ।
साधारणसभामा धरानका दुईजना पत्रकार सम्मानित भएका छन् । सम्मानित हुनेहरुमा भैरव आङ्ला र गोविन्द बस्नेत रहेका छन् । प्रमुख अतिथि जिल्ला विकास समन्वय समिति महासङ्घका केन्द्रीय अध्यक्ष तथा सुनसरी जिल्ला विकास समन्वय समितिका अध्यक्ष राजन मेहताले जनही १०–१० हजार रुपैयाँसहित ताम्रपत्र प्रदान गरेका थिए ।
यसैगरी सुनसरी जिल्लाका पुराना तथा हाल सम्म निरन्तर व्यापार व्यवसायमा क्रियाशील दीर्घकालीन एक उद्योगी, एक व्यवसायीलाई सुनसरी उद्योग वाणिज्य सङ्घले सम्मान गरेको छ । सम्मानित हुनेमा सुरेशकुमार शर्मा, पण्डित मेघराज शर्मा, राजकुमार अटललाई दोसल्ला ओढाएर ताम्रपत्र प्रदान गर्दै सम्मानित गरिएको सङ्घका अध्यक्ष विजय श्रेष्ठले जानकारी दिए । कार्यक्रममा धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई साम्पाङलगायतको उपस्थिति थियो । तस्वीरः लक्ष्मण थापा








