Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानमा दुर्घटना

हाम्रो कोशी आवाज
माघ २ २०७९, सोमबार
धरानमा दुर्घटना

धरानः धरानमा दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।
सिटी सफारी दुर्घटनामा गम्भीर घाइते भएकी धरान–१५ की १९ वर्षीया युवती खिना लिम्बूको उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय धरानका डिएसपी बुद्ध श्रेष्ठले जानकारी दिए ।
उनको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको उनले जानकारी दिए । सोमबार दिउँसो करिब २ बजे दुर्घटना भएको र उनलाई तत्कालै प्रतिष्ठानमा भर्ना गरिएको थियो । धरान–३ पुरानो बजारमा प्रदेश १–०२–००३ह२६५५ नम्बरको सिटी सफारी अनियन्त्रित भएर दुर्घटनामा परेको थियो । दुर्घटनामा परी सफारी पल्टिँदा उनी सडकमा झर्न पुगेकी थिइन् ।
सफारी चालक धरान–११ बस्ने ज्ञानबहादुर थापालाई प्रहरीको नियन्त्रणमा रहेको समेत उनले जानकारी दिए ।

प्रकाशित मिति: माघ २ २०७९, सोमबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend