Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरान मेघा कलेजमा खेलकुद सप्ताह शुरु

हाम्रो कोशी आवाज
माघ ३ २०७९, मंगलबार
धरान मेघा कलेजमा खेलकुद सप्ताह शुरु

धरानः धरान–१२ स्थित धरान मेघा हिमालयन कलेजको ११ कक्षा देखि व्याचलर लेवलसम्मको वार्षिक खेलकुद कार्यक्रम मंगलबारदेखि शुरु भएको छ ।
धरान मेघा हिमालयन कलेजका अध्यक्ष कैलाश लिम्बूको अध्यक्षतामा मंगलबारदेखि चेस खेलबाट खेलकुद कार्यक्रम शुरु भएको छ । चेस खेलमा महिला र पुरुष दुवै गरेर १६ जना विद्यार्थीहरुले सहभागिता जनाएका छन् । खेलकुद कार्यक्रममा चेससँगै बास्केटवल, फुटसल, व्याडमिन्टन, टेबलटेनिस र भलिबल खेल हुने कलेजका एकेडेमिक डाइरेक्टर अर्जुन घिमिरेले जानकारी दिए ।
विद्यार्थीलाई शिक्षासँगै अतिरिक्त क्रियाकलापको समेत आवश्यक रहेको हुनाले शिक्षा र अतिरिक्त क्रियाकलापलाई कलेजले महत्वका साथ सँगसँगै अघि बढाउने अध्यक्ष लिम्बूले जानकारी दिए । कलेजले अतिरिक्त क्रियाकलाप र अध्यनमा उत्कृष्ट करिब एक सय विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गरी अध्यापन गराइरहेको समेत उनले बताए ।
कलेजमा ११ कक्षा देखि व्याचलर लेवलसम्म एक हजार विद्यार्थीले अध्यन गरिरहेका छन् । खेलकुदमा करिब चार सय विद्यार्थीले सहभागिता जनाउने अध्यक्ष लिम्बूले जानकारी दिए । प्रतियोगिताका बिजेता तथा उपविजेता खेलाडीहरुलाई ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने एकेडेमिक डाइरेक्टर घिमिरेले बताए ।

प्रकाशित मिति: माघ ३ २०७९, मंगलबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend