Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानमा एनप्याब्सन खेलकुद सप्ताह आयोजना हुने

हाम्रो कोशी आवाज
माघ ३ २०७९, मंगलबार
धरानमा एनप्याब्सन खेलकुद सप्ताह आयोजना हुने

धरानः राष्ट्रिय निजी तथा आवासिय विद्यालय एशोसियसन नेपाल एनप्याव्सनको खेलकुद सप्ताहअन्र्तगत बुधबारदेखि एनप्याव्सन महिला पुरुष बास्केटबल प्रतियोगिता शुरु हुने भएको छ ।
एनप्याव्सन बास्केबल प्रतियोगितामा महिलातर्फ ८ र पुरुषतर्फ ८ टिमले सहभागिता जनाएको छ । धरान बास्केटवल संघको प्राविधिक सहयोगमा सम्पन्न हुने प्रतियोगिताको मंगलबार सहभागी विद्यालयका प्रतिनिधि र आयोजक संस्थाका पदाधिकारीरुको उपस्थितिमा खेल तालिका तयार गरिएको छ ।
सहभागी विद्यालयहरुमा धरान मेघा हिमालयन कलेज, नवज्योति, धरान आदर्श, कार्मेल स्कुल, नवोदय विद्या मन्दिर, जुनियर पायोनियर, सियोन स्कुल र लोटस स्कुल रहेका छन् । प्रतियोगिताका बिजेता टिमलाई ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने बास्केटवल प्रतियोगिताका संयोजक कैलाश लिम्बूले जानकारी दिए ।
एनप्याव्सन खेलकुद सप्ताहमा बास्केटबलसँगै फुटवल र क्वीज कन्टेस्ट प्रतियोगिता समेत हुनेछ । बास्केटबल खेल तालिका तयारीको क्रममा संयोजक लिम्बूसँगै एनप्याव्सन धरान उपमहानगर समिति सचिव सागर भट्टराई, कोषाध्यक्ष वसन राई, सदस्य जगत नेम्वाङ लगायतको उपस्थिति रहेको थियो । बास्केटबल खेलको सम्पूर्ण खेल धरान १२ स्थित धरान मेघा कलेजको बास्केटबल कोर्टमा सम्पन्न हुनेछ ।

प्रकाशित मिति: माघ ३ २०७९, मंगलबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend