Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानमा बुढासुब्बा गोल्डकपको तयारी

हाम्रो कोशी आवाज
माघ ४ २०७९, बुधबार
धरानमा बुढासुब्बा गोल्डकपको तयारी

धरानः धरानमा हुदै आएको अन्तरर्राष्ट्रिय बुढासुब्बा टुबोर्ग गोल्डकपको २३ औं सँस्करण आगामी फागुन दोस्रो सातादेखि हुने भएको छ ।
प्रतियोगिता आयोजक धरान फुटबल क्लबका अध्यक्ष किशोर राईले मंगलबार एक प्रेस विज्ञप्ति जारी गर्दै प्रतियोगिता आयोजना गर्नेबारे जानकारी गराएका हुन् । २ वर्षदेखि हुन नसकेको प्रतियोगिताको २३ औं सँस्करण फागुन १३ देखि २० गतेसम्म आयोजना गर्ने विज्ञप्तिमार्फत् जानकारी दिएका छन् ।
प्रतियोगितालाई सम्पन्न गर्न सचिवालय र विभिन्न उपसमितिहरु पनि गठन गरिएको अध्यक्ष राईद्धारा विज्ञप्तिमा उल्लेख गरिएको छ । विज्ञप्तिका अनुसार अध्यक्ष किशोर राईको अध्यक्षतामा पदाधिकारीहरु रहेको सचिवालय गठन गरिएको छ ।
प्रतियोगितालाई थप प्रभावकारी वनाउन नविन राई संयोजक रहेको आर्थिक उपसमिति, प्रताप तामाङ संयोजक रहेको प्रचारप्रसार उपसमिति, सुदिप उप्रेती संयोजक रहेको मैदान व्यवस्थापन उपसमिति र रोमी मोक्तान संयोजक रहेको आयोजक टिम तयारी उपसमिति गठन भएको विज्ञप्तिमा उल्लेख गरिएको छ । २०५५ सालदेखि शुरु भएको बुढासुब्बा गोल्डकप कोरोना कहरका कारण हुन नसकेको जनाइएको छ ।

प्रकाशित मिति: माघ ४ २०७९, बुधबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend