Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानमा युनाइटेड गोर्खा एकेडेमी भलिबल कप जारी

हाम्रो कोशी आवाज
माघ ४ २०७९, बुधबार
धरानमा युनाइटेड गोर्खा एकेडेमी भलिबल कप जारी

धरानः धरान–१५ स्थित युनाइटेड गोर्खा एकेडेमीद्वारा जारी अन्तर विद्यालयस्तरीय भलिबल प्रतियोगिता युनाइटेड गोर्खा एकेडेमी ए, समिट, सेक्रेट हार्ट, नमूना स्कुल, हाम्रो बोर्र्डिङ, धरान आदर्श, आइडियल, युनाइटेड गोर्खा एकेडेमी ए विजयी भएका छन् ।
छात्रातर्फ ९ खेल र छात्रतर्फ २ खेल आयोजना भएको प्रिन्सिपल पेम्बा शेर्पाले जानकारी दिए । मङ्गलबारदेखि शुरु भएको प्रतियोगिताअन्तर्गत बुधबार भएको छात्रातर्फको खेलमा आवर होम र युनाइटेड गोर्खा एकेडेमीबीचको खेलमा ११–२५, १७–२५ को सेटमा युनाइटेड गोर्खा एकेडेमी ए विजयी बनेको छ । यस्तै, समिट स्कुल र देउराली चिल्ड्रेन्स एकेडेमीबीच भएको छात्रतर्फको खेलमा २५–१९, २५–१३ को सेट निकाल्दै समिट स्कुलले जीत हासिल गरेको छ भने सेक्रेट हार्ट स्कुल र जुनियर पायोनियर स्कुलबीचको खेलमा २५–१६, २५–१५ को सेटमा सेक्रेट हार्टले जीत निकालेको थियो ।नमूना एकेडेमी र पूर्वाञ्चल स्कुलबीचको प्रतिस्पर्धामा २५–९, २५–१४ को सेटमा जीत निकालेर नमूना स्कुल विजयी बनेको छ ।
यस्तै, लगातार छात्रातर्फ भएको प्रतिस्पर्धामा सेक्रेट हार्ट र ज्ञानदर्पणबीचको प्रतिस्पर्धात्मक खेलमा २५–१६, २५–१२ को सेटमा सेक्रेट हार्ट विजयी बन्यो भने तरहरा मोडल एकेडेमी र हाम्रो बोर्डिङबीचको प्रतिस्पर्धामा १३–२५, १६–२५ को सेटमा हाम्रो बोर्डिङ अघि बढेको छ । यस्तै, छात्रातर्फ नै बाल विकास र धरान आदर्शबीचको प्रतिस्पर्धामा १२–२५, ७–२५ को फारकिलो अन्तरले धरान आदर्श अर्को चरणमा प्रवेश गरेको छ ।
पूर्वाञ्चल एकेडेमी र आइडियल स्कुलबीचको प्रतिस्पर्धामा २४–२६, १७–२५ को सेटमा आइडियल विजयी बन्यो भने युजिए बी र धरान आदर्शबीचको खेलमा २५–२३, २५–२२ को सेट अन्तरले युजिए बि विजयी बन्यो । यस्तै, डिपोट स्कुल र हाम्रो बोर्डिङबीचको प्रतिस्पर्धामा २५–१९, २०–२५, १९–२५ को सेटमा हाम्रो बोर्डिङ अघि बढ्यो ।
९ औं युनाइटेड गोर्खा एकेडेमी २०७८ नाम दिइएको प्रतियोगितामा युजिए ब का दिपेन राई, बाल विकासका नजरुल हुसैन, ज्ञानदर्पणका विमन तामाङ, युजिए बि का युगल राई, अलिसा राई, प्रत्युस मानन्धर म्यान अफ दि म्याच घोषित भए ।
यस्तै, समिटका परन राई, सेक्रेट हार्टका सन्देश तामाङ, नमूनाका अमन चौधरी, सेक्रेट हार्टकी विशिका मगर, हाम्रो बोर्डिङकी शिक्षा अधिकारी, धरान आदर्शकी प्रकृति राई, आइडियल स्कुलकी खुशी राई, सेक्रेट हार्टका रुसाली कार्की, युजिए बि का प्रेरणा राई, हाम्रोकी रोशनी राना मगर पनि म्यान अफ म्याच घोषित भए ।
प्रतियोगिता ६ गतेसम्म सञ्चालन हुने अध्यापक सन्तोष पोखरेलले जानकारी दिए । छात्रछात्रा दुवैतर्फका बिजेतालाई २३ हजार रुपैयाँ, मेडल साथै प्रमाणपत्र प्रदान गरिने प्राचार्य शेर्पाले जानकारी दिए । यस्तै, उपबिजेता अर्थात् दोस्रो हुनेलाई १८ हजार रुपैयाँ, मेडल र प्रमाणपत्र, तेस्रो हुनेलाई १५ हजार रुपैयाँ, मेडल र प्रमाणपत्र प्रदान गरिने प्रिन्सिपल शेर्पाले जानकारी दिए । यस्तै, छात्रछात्रा दुवैतर्फ वेष्ट सर्भिस, वेष्ट डिफेन्स, वेष्ट लिफ्टर, वेष्ट स्पिकर, वेष्ट ब्लकर, वेष्ट प्लेयरलाई १२ सय रुपैयाँ, प्रमाणपत्र र ट्रफी प्रदान गरिने अध्यापक सन्तोष पोखरेलले जानकारी दिए । यस्तै, छात्रछात्रा तुवैतर्फ अनुशासित टिमलाई ५ हजार नगद र प्रमाणपत्र साथै उत्कृष्ट टिम प्रशिक्षकलाई १५ सय रुपैयाँ प्रदान गरिने पनि उनले जानकारी दिए ।
८ औं युनाइटेड गोर्खा एकेडेमी अन्तर विद्यालयस्तरीय भलिबल प्रतियोगिता २०७८ अन्तर्गत छात्रतर्फको उपाधि इटहरीको सयपत्री स्कुलले जितेको थियो । यस्तै, छात्रातर्फको उपाधि इटहरीको नमूना स्कुलले जितेको छ ।
तस्वीरहरुः हाम्रो कोशी आवाज

 

 

प्रकाशित मिति: माघ ४ २०७९, बुधबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend