Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानको युएन, नवोदय कलेजमा खेल सप्ताह

हाम्रो कोशी आवाज
माघ ४ २०७९, बुधबार
धरानको युएन, नवोदय कलेजमा खेल सप्ताह

धरानः धरान–१६ स्थित युएन, नवोदय कलेजमा खेलकुद सप्ताह–२०६९ भव्यरुपमा शुरु भएको छ ।
खेलकुद सप्ताहअन्तर्गत खेलकुदसँग विभिन्न खेलहरु खेलाइने क्याम्पस प्रमुख डम्बरकुमार तुम्बापोले जानकारी दिए । उनका अनुसार फुटबल, भलिबल, ब्याडमिन्टन, टेबलटेनिस, बास्केटबल, फुटसल, टिटी, चेस, क्यारामबोर्ड, म्युजिकल चेयरलगायतका खेलकुदहरु शुरू भएका हुन् । प्रत्येक वर्षजस्तै यसवर्ष पनि खेलकुद सप्ताह शुरू भएको उनले जानकारी दिए । खेलकुदमा कक्षा–११, १२ र बिबिएसका विद्यार्थी सहभागी हुनेछन् ।
कलेजका अध्यक्ष ज्ञानेश्वर झाले खेलले विद्यार्थीहरुको शिक्षण सिकाइमा समेत प्रत्यक्ष सहयोग गर्ने भएकोले कलेजमा खेल अनिवार्य रहेको बताए । उनले पढाइका साथै अन्य अतिरिक्त क्रियाकलापमा पनि कलेजले सक्दो जोड दिँदै अघि बढेको बताए । ‘हामीले कलेजकै विद्यार्थीहरुबीच प्रतिस्पर्धा गराउँदै आएका छौं’, उनले भने, ‘यसले विद्यार्थीको प्रतिभा बाहिर निस्किन्छ साथै खेलजस्तो क्रियाकलापले विद्यार्थीको सिकाइमा पनि सहयोग पुग्छ ।’
प्रतियोगितामा उत्कृष्ट विद्यार्थीहरुलाई खेलकुद सप्ताहको अन्तिम दिन पुरस्कार प्रदान गरिने जनाइएको छ । उनीहरुलाई शिल्ड, मेडल तथा प्रमाणपत्र प्रमाणपत्र प्रदान गरिने क्याम्पस प्रमुख तुम्बापोले जानकारी दिए । यस वर्षदेखि विद्यार्थीलाई बास्केटबल ट्रेनिङ पनि शुरुवात गरिएको उनले जानकारी दिए । यस वर्ष माघ महिनाभरी निःशुल्करुपमा ट्रेनिङ दिइने र आगामी वर्ष पुस र माघ गरेर दुई महिना नै ट्रेनिङको व्यवस्था गरिएको पनि उनले जानकारी दिए । बास्केटबल कोच विकास चाम्लिङ राईले विद्यार्थीलाई प्रशिक्षण दिनेछन् ।
कक्षा–१२ की त्रिसला श्रेष्ठले पढाइका साथै अतिरिक्त क्रियाकलापमा ध्यान दिँदा विद्यार्थीको व्यक्तित्व विकास हुनुका साथै प्रतिभा बाहिर निस्किन सहयोग पुग्ने बताइन् । कक्षा–१२ मा अध्ययनरत रेविका राईले अतिरिक्त क्रियाकलापले विद्यार्थीको करिअरसँग पनि जोड्ने बताइन् ।

 

 

प्रकाशित मिति: माघ ४ २०७९, बुधबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend