Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानका चित्रकार तीर्थ निरौला सम्मानित

हाम्रो कोशी आवाज
माघ ४ २०७९, बुधबार
धरानका चित्रकार तीर्थ निरौला सम्मानित

धरानः धरानका चित्रकार एवम् कला समीक्षक, लेखक तीर्थ निरौलालाई यस वर्षको अमात्य कला पुरस्कार २०७९ प्रदान गरिएको छ ।
पुरस्कार नेपालका राष्ट्रिय विभुती अरनिको स्मृति दिवश तथा नेपाल व्यावसायिक कलाकार संघको २८ औं स्थापना दिवसको अवसर पारेर दिइएको हो । पुरस्कार वितरण कार्यक्रममा प्रमुख अतिथी रहेका ललितपुर महानगरका मेयर चिरीबाबु महर्जनले कलाकार तीर्थ निरौलालाई नगद तथा ताम्रपत्र प्रदान गरेका छन् ।
सोही पुरस्कार प्रत्येक वर्ष नेपाली कलाको क्षेत्रमा विशिष्ठ योगदान पुरयाउने एक कलाकारलाई दिइने गरिन्छ । अमात्य कला पुरस्कार मुर्धन्य कलाकार गहेन्द्रमान अमात्यद्वारा स्थापित कोषबाट प्रदान गर्ने गरिन्छ । कार्यक्रममा कलाका अन्य विविध विधा र शीर्षकमा योगदान पुरयाउने अन्य स्रष्टाहरु पनि पुरस्कृत भएका थिए ।

प्रकाशित मिति: माघ ४ २०७९, बुधबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend