Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानमा खुकुरी प्रहार गरी हत्या

हाम्रो कोशी आवाज
माघ ५ २०७९, बिहिबार
धरानमा खुकुरी प्रहार गरी हत्या

धरानः धरान उपमहानगरपालिकामा खुकुरी (कर्द) प्रहारबाट एकजनाको हत्या भएको छ भने एक महिला घाइते समेत भएकी छन् ।
धरान-५ का ३५ वर्षीय हर्कबहादुर राईले खुकुरी (कर्द) प्रहार गरी आँपटारका ४९ वर्षीय कुमार बुढाथोकीको हत्या गरेको पाइएको प्रहरीले जनाएको छ ।
कुमारको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय धरानका डिएसपी बुद्ध श्रेष्ठले जानकारी दिए । ३५ वर्षीया गोमा खड्का राईको पनि टाउकोमा खुकुरी प्रहार भएको पाइएको प्रहरीले जनाएको छ । उनको गम्भीर अवस्थामा धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भर्ना गरिएको छ ।
खुकुरी प्रहारमा संलग्न हर्कबहादुरलाई पक्राउ गरिसकेको प्रहरीले जनाएको छ । बिहीबार बिहान ७ बजे आफ्नै घरको किचनमा आएका मृतक बुढाथोकीको ढाड र कोखामा खुकुरी प्रहार भएको पाइएको प्रहरीले जनाएको छ । उनीहरु दुवैजना मिलनसार साथी रहेको पाइएको प्रहरीले जनाएको छ ।
साथीको हत्या गरेपछि मञ्जुको घरमा पुगी खुकुरी निकाले अन्धाधुन्ध प्रहार गरेका थिए । स्थानीयले थाहा पाएपछि उनीहरुले नै नियन्त्रणमा लिएर प्रहरीलाई खबर गरेका थिए । विकास यअसघि लागूऔषध प्रयोगकर्ता रहेको पाइएको वडाध्यक्ष मनप्रसाद लिम्बूले जानकारी दिएका छन् ।

प्रकाशित मिति: माघ ५ २०७९, बिहिबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend