Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानमा प्रादेशिक भाषा तथा संस्कृति संगोष्ठी

हाम्रो कोशी आवाज
माघ ८ २०७९, आइतबार
धरानमा प्रादेशिक भाषा तथा संस्कृति संगोष्ठी

धरानः धरानमा प्रादेशिक भाषा तथा संस्कृति संगोष्ठी सम्पन्न भएको छ ।
राष्ट्रिय सांस्कृतिक अध्ययन केन्द्र, नेपाल संस्कृत विश्वविद्यालय र प्रा.डा. टङ्कप्रसाद न्यौपाने अध्ययन अनुसन्धान केन्द्रको आयोजना तथा किरात देवान समाज केन्द्रीय कार्यालय धरानको सहआयोजनामा ‘प्रादेशिक भाषा तथा संस्कृति संगोष्ठी’ भएको हो ।
प्रदेश नं १ का खानेपानी, सिंचाई तथा ऊर्जामन्त्री तिलकुमार मेन्याङ्बोले कार्यक्रमको उद्घाटन गरेका थिए । उनी कार्यक्रमको प्रमुख अतिथि थिए । यस्तै, समापन नेपाल संस्कृत विश्बविद्यालयका शिक्षाध्यक्ष प्रा.डा. भीमप्रसाद खतिवडाले गरेका थिए ।
संगोष्ठीमा ८ वटा विशिष्ट कार्यपत्रहरु प्रस्तुत गरिएका छन् । संगोष्ठीमा प्रा.डा. माधवप्रसाद पोख्रेलले प्रदेश नं १ को जाति, भापा र संस्कृति, प्रा.डा. टङ्कप्रसाद न्यौपानेले देवान जाति, संस्कृति र भाषा, प्रा.डा. गोविन्दबहादुर तुम्बाहाङले नेपाली समाज, संस्कृति र संस्कृत वाङ्मय, डा. मोहन तुम्बाहाङले लिम्बू भाषा र संस्कृतिको एक झल्को, डा. सोमबहादुर धिमालले धिमाल जातिको कला र संस्कृति, डा. कैलाश राईले मेवाहाङ राई जाति र भाषा, डा. दीपक न्यौपानेले भाषिक प्रकार्यका दृष्टिले प्रदेश नं १ का भाषाहरु, र डा. अस्मिता बिष्टले नेपाली सिनेमामा परम्परागत लैङ्गिक भूमिकाको चित्रण विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए ।
सो अवसरमा इतिहास तथा संस्कृतिविद् युद्धप्रसाद वैद्य र स्रष्टा तथा द्रष्टा कृष्ण प्रधानलाई सन्मान गरिएको थियो । जाति, भाषा तथा संस्कृतिका क्षेत्रमा विशेष योगदान गर्ने व्यक्तित्वहरु गणेश देवान, विणादेवी राई, मणिन्द्र राई, तारा देवान र डा. जेसिका श्रेष्ठ देवानलाई प्रसंशापत्र प्रदान गरिएको छ । यस संगोष्ठीको उदघाटन समारोहको अध्यक्षता राष्टिय सांस्कृतिक अध्ययन केन्द्रका कार्यकारी निर्देशक डा. जर्मन चौधरीले गरेका थिए भने समापन समारोहको अध्यक्षता प्रा.डा. टङ्कप्रसाद न्यौपाने अध्ययन अनुसन्धान केन्द्रका अध्यक्ष डा. रमेश घिमिरेले गरेका थिए ।

प्रकाशित मिति: माघ ८ २०७९, आइतबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend