Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानको बीपी प्रतिष्ठानका उपकुलपतिविरुद्ध पटक-पटक भ्रष्टाचारको मुद्दा

हाम्रो कोशी आवाज
माघ ९ २०७९, सोमबार
धरानको बीपी प्रतिष्ठानका उपकुलपतिविरुद्ध पटक-पटक भ्रष्टाचारको मुद्दा

धरानः धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. ज्ञानेन्द्र गिरीविरुद्ध भ्रष्टाचारविरुद्धको मुद्दा दायर भएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीमाथि भ्रष्टाचारको मुद्दा दायर गरेको हो । उनले पदीय मर्यादाविपरीत काम गरेको भन्दै विशेष अदालतमा मुद्दा दायर भएको हो । उनले प्राध्यापक नभई प्राध्यापक हुँ भनी पदको प्रयोग गरेकाले भ्रष्टाचार मुद्दा दायर गरेको अख्तियारका प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिए ।
डा. गिरीले गरेको काम भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १५ बमोजिमको कसुर भएको भन्दै अख्तियारले उनलाई सोही दफा अनुसार कारबाही गर्न माग गरेको छ । दफामा नपाएको ओहोदा पाएँ भन्नेलाई एक वर्षदेखि २ वर्षसम्म कैद र ५० हजार देखि १ लाख रुपैयाँ जरिवाना हुने व्यवस्था छ । ।
यसअघि गिरीविरुद्ध पटक–पटक अख्तियारमा मुद्दा दायर गरिएको छ । गिरीको शैक्षिक योग्यताका विषयमा प्रश्न उठ्दै आएपछि शशीविक्रम कार्की र आशिष राईले सो विषयमा छानबिन गर्न माग गर्दै अख्तियारमा उजुरी हालेका थिए । भक्तपुरका कार्की र संखुवासभाका राईले अख्तियारमा उजुरी हालेका थिए ।
उजुरी निवेदनअनुसार गिरीले कुनै विश्वविद्यालयबाट वैधरुपमा प्राध्यापकको डिग्री नलिइकनै आफ्नो नामको अगाडि प्राध्यापक लेख्ने गरेको तथा सोही हैसियतले प्रतिष्ठानको उपकुलपति भएको विषय बाहिर आइरहेको जनाउँदै उजुरी हालेका हुन् । त्यसपछि गिरीले यसअघि लेख्दै आएको प्राध्यापक पद हटाउँदै समेत आएका थिए । उनले केही सूचना वा विज्ञप्ति जारी गर्दा प्राध्यापक लेख्ने गरेका थिएनन् ।
गिरीले अमेरिकाको कोलोराडो युनिभर्सिटी अफ हेल्थ साइन्स सेन्टरबाट प्राध्यापक पदवी पाएको दाबी गरेका थिए तर सो युनिभर्सिटीले डा. गिरीको दाबी अस्वीकार गरेको थियो । यसअघि नै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै उनी उपकुलपति गिरी प्राध्यापक भएको भन्ने प्रमाण प्राप्त नभएकाले प्रचलित कानुन बमोजिमको प्रक्रिया थालिसकिएको समेत जनाइएको थियो ।

 

प्रकाशित मिति: माघ ९ २०७९, सोमबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend