धरानः महिला सञ्जाल धरान उपमहानगर समितिको पदस्थापन, स्मारिका विमोचन एवम् सम्मान कार्यक्रम सम्पन्न भएको छ ।
प्रदेश नं. १ की महिला सदस्य सपना परियाको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा धरान उपमहानगरपालिकाका उपमेयर अइन्द्रविक्रम बेघा विशेष अतिथि थिए । कार्यक्रममा प्रदेश १ की सभा सदस्य यशोदा कायस्थलाई सम्मान गरिएको छ । यस्तै, कार्यक्रममा शक्ति नामक पुस्तक समेत विमोचन भएको छ ।
महिला सञ्जालको छैटौं अधिवेशनले गत भदौमै नयाँ कार्य समिति गठन गरिएको थियो । सपना राईको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरिएको थियो । समितिको वरिष्ठ उपाध्यक्षमा यशोदा कायस्थ, उपाध्यक्षमा सावित्री इवारम र निर्मला शाक्य छन् । सचिवमा इन्द्रकला राई, सहसचिवद्धय शकुन्तला भुषाल र निर्मला नेपाल, कोषाध्यक्षमा कुमारी राईं, सहकोषाध्यक्ष कल्पना शेर्पा रहेका छन् ।
नवनिर्वाचित पदाधिकारीहरुलाई निर्वाचन अधिकृत मोहन श्रेष्ठले सपथ खुवाएका थिए । कार्यक्रममा प्रमुख अतिथि प्रदेश नं. १ महिला सदस्य परियार, विशेष अतिथि धरान उपमहानगरपालिकाका उपमेयर बेघा, भूतपूर्व अध्यक्ष मिना पुलामी, सुनसरी उद्योग वाणिज्य संघका अध्यक्ष विजय श्रेष्ठ लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
कार्यक्रममा नेपाली कांग्रेसका धरान नगर सभापति श्याम पोख्रेल, नेकपा माओवादी केन्द्रका नेता चोत्लुङ, इलाका प्रहरी कार्यालय धरानका डिएसपी बुद्ध श्रेष्ठ, निवर्तमान अध्यक्ष सविता राई, सल्लाहकार मोहन श्रेष्ठलगायतको उपस्थिति थियो ।
तस्वीरः सरिता जोगी




