Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानको पब्लिक हाइस्कुलमा छात्रवृत्ति स्थापना

हाम्रो कोशी आवाज
माघ १२ २०७९, बिहिबार
धरानको पब्लिक हाइस्कुलमा छात्रवृत्ति स्थापना

धरानः धरान–१२ स्थित पब्लिक हाइस्कुलमा बिहीबार श्रीपञ्चमी (सरस्वती पूजा) को अवसर पारेर ‘देवकुमारी–शिवप्रसाद आचार्य’ छात्रवृत्ति स्थापना भएको छ ।
०७९ सालदेखि प्रदान गर्ने गरी छात्रवृत्ति स्थापना भएको स्कुलका प्रधानाध्यापक इन्द्रमोहन झाले जानकारी दिए । ‘दाताले नाम नभन्दिनु भन्नू भएको छ, तर उहाँले ५ वर्षका लागि कन्ट्याक गर्नुभएको हो ।’ उनले भने । कक्षा–१२ को वार्षिक परीक्षामा उत्कृष्ट अङ्कक ल्याउने पहिलो विद्यार्थीले ७२ हजार रुपैयाँ नगद पाउने भएका छन् । त्यस्तै, वार्षिक परीक्षामा दोश्रो हुने विद्यार्थीले ६० हजार रुपैयाँ पाउने भएका छन् । यसैगरी १ जना जेहेन्दार विद्यार्थीले १३ हजार रुपैयाँ पाउने विद्यालयले जनाएको छ । यो छात्रवृत्तिले विद्यार्थीहरुलाई अध्ययनमा मिहिनेतपूर्वक लगनशील भएर लाग्न थप उत्प्रेरित गर्ने प्रअ झाले बताए । स्कुलमा ३ हजार ४ सय २५ जना विद्यार्थी छन् ।

प्रकाशित मिति: माघ १२ २०७९, बिहिबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend