Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानको युएन, नवोदय कलेजमा ‘टयालेन्ट शो’

हाम्रो कोशी आवाज
माघ २० २०७९, शुक्रबार
धरानको युएन, नवोदय कलेजमा ‘टयालेन्ट शो’

धरानः धरान–१६ स्थित युएन, नवोदय कलेजमा ‘ट्यालेन्ट शो’ तथा पुरस्कार वितरण कार्यक्रम आयोजना भएको छ ।
कार्यक्रममा विद्यार्थीहरुबीच नृत्य, गायन साथै वक्तृत्वकलाको प्रतियोगितात्मक कार्यक्रम आयोजना भएको थियो । नृत्यतर्फ एकल र समूहगत प्रतियोगिता आयोजना भएको थियो । गायनतर्फ बिबिएस प्रथम वर्षका संगम तामाङ, कक्षा–११ का महिम राई, अर्जुन राई क्रमशः पहिलो, दोस्रो र तेस्रो बन्न सफल बनेका थिए । यस्तै, रयापतर्फ कक्षा–११ का हुकुम बाँस्कोटा प्रथम बनेका छन् ।
यस्तै, एकल नृत्यतर्फ कक्षा–११ की तिर्सना करला, बिएचएमकी अञ्जु तामाङ, ज्योति लिम्बू क्रमशः प्रथम, द्वितीय र तृतीय बन्न सफल भए भने समूहगत नृत्यतर्फ मुरिया एण्ड ग्रुप, जेसिका एण्ड ग्रुप, अप्सरा एण्ड ग्रुप क्रमशः पहिलो, दोस्रो र तेस्रो बनेका थिए । यस्तै, वक्तृत्वकला विधातर्फ कक्षा–११ का शितल अधिकारी प्रथम, आर्यन श्रेष्ठ द्वितीय र अन्जन लिम्बू तृतीय बने । गायनतर्फ संगीतकर विनायक राई, अध्यापक नाम्लिहाङ चेम्जोङ, सिर्जना लिम्बू निर्णायक रहेका थिए भने नृत्यतर्फ युनाइटेड डान्स एकेडेमीका सन्तोष तामाङ, होटल म्यानेजमेण्ट कोअर्डिनेटर गगनमान श्रेष्ठ, अध्यापक अञ्जु चौधरीलगायत रहेका थिए । यस्तै, सेफ कम्पिटिसनमा कक्षा-१२ का दीक्षा थापा मगर, श्रीहाङ राई र रचना राई क्रमशस् पहिलो, दोश्रो र तेश्रो बनेका थिए ।
कार्यक्रममा टर्मिनल परीक्षामा प्रथम, दोस्रो र तेस्रो हुने साथै खेलकुदका विभिन्न विधामा विजेताहरुलाई पुरस्कार समेत वितरण गरिएको थियो । परीक्षामा कक्षा–१२ का दीपेन भण्डारी, पुजन सुवेदी, सेविका राई, सुसन जिमी, कक्षा–१२ का पुष्पा लामिछाने, प्रगति राई, हिमहाङ सुब्बा, स्वस्तिका थापा मगर, विनिता खड्का, रिना श्रेष्ठलाई पुरस्कृत गरिएको थियो ।
यस्तै, कक्षा–१२ कै दीक्षा थापा मगर, रचना राई, रिष्ता तुम्बापो, इक्सा लिम्बू, इरिका राई, कक्षा–११ की इषा राई, सुजन नेम्वाङ, दर्पन राई, मेरिना श्रेष्ठ, प्रनिसा तामाङ, कृतज्ञा भण्डारीलाई पनि पुरस्कार प्रदान गरिएको थियो । कक्षा–११ की अलसन राई, प्राप्ति लिम्बू, सितल अधिकारी, किशोर थापा, नमिता तामाङ, स्मृति लिम्बू, भावना तामाङ, मेरिना राई, समी फागोलाई पुरस्कार प्रदान गरिएको छ ।
यस्तै, चित्रकला प्रतियोगितामा कक्षा–११ की अञ्जीला मगर, इशा राई, दर्पण रसाइली क्रमशः पहिलो, दोस्रो र तेस्रो बनेका छन् । टेबलटेनिस श्रवण लिम्बू, सेलिना अधिकारी, फुटसलमा बिजेता बन्ने तुम्बेहाङ लिम्बू, विशाल अधिकारी, कर्मा छिरिङ तामाङ, अविनाश राई, सुजन तामाङ, अमित इश्वो, सौगात तामाङ, आयुष लिम्बू, युदीप लिम्बूलाई फुटसल मा विजेता बनेका थिए ।
यस्तै, फुटसलमै फस्ट रनरअप बन्ने दीपेन्द्र बस्नेत, संगम चौधरी, कृष्ण राई, डम्बर तामाङ, हिमाल तामाङ, युगल देवान राई, बबिन लिम्बू, संगम मोक्तानलाई पुरस्कार प्रदान गरेको थियो । यस्तै, फुटसमलै छात्रातर्फ शिक्षा संयोहाङ, सिना संयोहाङ, सिमरन लिम्बू, नेन्सी तामाङ सेलिना लिम्बू, चेसतर्फ पवन विश्वकर्मा, सेलिना अधिकारी, ब्याडमिन्टन (छात्र) मा सौगात भुजेल, राहुल राई, छात्रातर्फ सेविका राई, दीपा लिम्बू, क्यारामबोर्डतर्फ निरन्जन चौधरी, पुजन सुवेदी, नेहा साम्पाङ, संकल्प राई, बास्केटबलमा तुम्बेहाङ लिम्बू, अनिष राई, विश्व मगर, मिसन गुरुङ, रुपक राई, छात्रातर्फ सेविका राई, दीपा लिम्बू, रिया राई, आँचल लिम्बू, स्वेता पुलामी, रुवी विकलाई मेडल र मायाको चिनो प्रदान गरिएको थियो । यस्तै, म्युजिकल चेयरमा ओसिन राईलाई पनि पुरस्कार दिइएको थियो ।
कलेजका अध्यक्ष ज्ञानेश्वर झा, क्याम्पस प्रमुख डम्बरकुमार तुम्बापो, होटल म्यानेजमेण्ट कोअर्डिनेटर गगनमान श्रेष्ठ, साइन्स कोअर्डिनेटर आकाश अधिकारी, अध्यापकहरु विनुमान मोते, सिर्जना लिम्ब्ू, राम लिम्बू, नाम्लिङहाङ चेम्जोङ, विजय अछामी, बन्दा श्रेष्ठ, सेख मोहमद, स्तुति श्रेष्ठ, जानुका तुम्बापो, राम लिम्बूलगायतले विद्यार्थीलाई पुरस्कार प्रदान गरेका थिए ।
कार्यक्रममा एसइई सिङ्गीङ आइडलका बिजेता छिरिङ तामाङ, नृत्यतर्फकी बिजेता नुमा लिम्बू, फस्ट रनरअप नियति रानामगरले पनि गीत र नृत्य पस्किएका थिए ।
कार्यक्रममा बोल्दै क्याम्पस प्रमुख तुम्बापोले युएन, नवोदय कलेजका विद्यार्थी पढाइका साथै अतिरिक्त क्रियाकलापमा पनि अब्बल रहेको बताए । उनले विद्यार्थीहरुले पढाइमा देशभर सेकेण्ड टप र प्रदेश १ टप गर्न सफल भएको भएको बताए । उनले अहिले यहाँबाट उत्पादित विद्यार्थी राष्ट्रियस्तरका गायन, नृत्य प्रतियोगितामा भाग लिएर अब्बलता सावित गरिरहेको बताए ।
तस्वीरहरुः हाम्रो कोशी आवाज

प्रकाशित मिति: माघ २० २०७९, शुक्रबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend