Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानमा गाँजासहित समातिए

हाम्रो कोशी आवाज
माघ २३ २०७९, सोमबार
धरानमा गाँजासहित समातिए

धरानः धरान उपमहानगरपालिका–१७ बाट लागूऔषध गाँजासहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
अस्थायी प्रहरी पोष्ट रेल्वेबाट खटिएको प्रहरी गस्ती टोलीले चेकजाँच गर्ने क्रममा को१४प ९३४३ नम्बरको मोटरसाइकल चालक बराहक्षेत्र नगरपालिका–१ का ३२ वर्षीय योगराज राई र पछाडि सवार ३४ वर्षीय दुर्गा राईको साथबाट ४ केजी १ सय ८० ग्राम लागूऔषध गाँजा फेला पारी मोटरसाइकलसहित दुवैजनालाई प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ परेको उनीहरुको सम्बन्धमा इलाका प्रहरी कार्यालय धरानबाट थप अनुसन्धान भइरहेको डिएसपी बुद्ध श्रेष्ठले जानकारी दिए ।

प्रकाशित मिति: माघ २३ २०७९, सोमबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend