Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानलगायत प्रदेश १ भरी प्रतिभावान विद्यार्थी खोजिँदै

हाम्रो कोशी आवाज
माघ २४ २०७९, मंगलबार
धरानलगायत प्रदेश १ भरी प्रतिभावान विद्यार्थी खोजिँदै

धरानः धरानमा आयोजना हुने प्रदेश १ स्तरीय गायन र नृत्य प्रतियोगिताका लागि प्रतिभा खोजिँदैछ ।
अहिले पनि प्रतिभाहरुको खोजी जारी रहेको आयोजकले जनाएको छ । सुनसरीको धरान, कालाबञ्जर, चक्रघटी, चतरा, तरहरालगायतका स्थानमा प्रतिभा खोज्दै टोली पुगिसकेको फक्ताङलुङ मिडिया हाउस प्रालिका अध्यक्ष डम्बरकुमार तुम्बापोले जानकारी दिए । ‘सुनसरीका अधिकांश स्थानमा हामी पुगिसकेका छौं’, उनले भने, ‘यस्तै, प्रदेश १ का अन्य जिल्लाहरुमा पनि पुग्ने कोसिस गरिरहेका छौं ।’
उनका अनुसार यतिका दिनसम्म आइपुग्दा करिब २ सय जनाले फर्म भरिसकेका छन् । फक्ताङलुङ मिडिया हाउस प्रालिद्वारा सञ्चालित एफटिएल टिभी र फक्ताङलुङ खबर डटकमको आयोजनामा एसइई आइडल सिजन ३ र डान्सिङ स्टार सिजन २१ को तयारी हुँदैछ । दुवै प्रतियोगिताका लागि यसअघि नै फारम खुल्ला गरिएको आयोजकले जनाएको छ ।
‘गुणस्तरीय शिक्षा हाम्रो चाहना शिक्षासँगै विद्यार्थीको सर्वाङ्गीण विकास हाम्रो कामना’ भन्ने मूल नाराका साथ कार्यक्रम गर्न लागिएको हो । बालबालिकाहरुमा लुकेर रहेको प्रतिभालाई बाहिर ल्याउन यस्तो कार्यक्रम गर्न लागिएको उनले जानकारी दिए ‘हरेक बालबालिकामा कुनै न कुनै आन्तरिक क्षमता, प्रतिभा वा विशेषता हुन्छ । त्यो क्षमता वा प्रतिभा प्रदर्शनका लागि उनीहरूले उचित अवसर पाउनुपर्छ भनेर कार्यक्रम आयोजना गरिएको हो’, उनले भने ।
प्रतियोगितामा एसइई दिन बसेका छात्रछात्राहरूले मात्र भाग लिन पाउनेछन् । प्रतियोगितामा विजेताले नगद ५० हजारसहित एउटा गीत रेकर्ड, म्युजिक भिडियोमा खेल्ने अवसर, प्लस टु पढ्ने अवसर पाउनेछन् भने फस्ट रनरअपले ३० हजार, प्लस टु पढ्न ५० प्रतिशत छात्रवृत्ति, अन्य गिफ्ट ह्याम्पर, सेकेण्ड रनरअपले २० हजार, प्लस टु पढ्न ३० प्रतिशत छात्रवृत्ति, विभिन्न गिफ्ट हयाम्पर प्राप्त गर्ने आयोजकले जनाएको छ । यसका साथै विभिन्न सब–टाइटलहरू पनि प्रदान गरिने आयोजकले जनाएको छ ।

प्रकाशित मिति: माघ २४ २०७९, मंगलबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend