धरानः धरान आदर्श माध्यमिक विद्यालयले बुधबार मिनी म्याराथन प्रतियोगिता आयोजना गरेको छ ।
म्याराथनमा छात्रतर्फ कक्षा–१२ होटल म्यानेजमेण्ट संकायमा अध्ययनरत् सुदीप राई र छात्रातर्फ कक्षा–१२ कै म्यानेजमेन्ट संकायमा अध्ययनरत आयुशा लिम्बू पहिलो बनेका छन् ।
त्यस्तै, छात्रतर्फ कक्षा–१२ विज्ञान सङ्कायमा अध्ययनरत अतित विक दोस्रो, रमेश तामाङ तेस्रो बनेका छन् । यस्तै, छात्रातर्फ कक्षा–११ की सिमरन लिम्बू, सुष्मा तामाङ क्रमशः दोस्रो र तेस्रो बनेका छन् । प्रतियोगिताको समापन कार्यक्रममा एकेडेमिक डाइरेक्टर मोहनकुमार पोख्रेल, साइन्स कोअर्डिनेटर सोभित यादव, म्यानेजमेण्ट कोअर्डिनेटर सुशिल घिमिरे, फाइनान्स डाइरेक्टर फणिन्द्र थाा, अध्यापकहरु सुरेन्द्र राई, सुमन खतिवडालगायतले उनीहरुलाई मेडल, ट्रफी र प्रमाणपत्र प्रदान गरेका थिए ।
यस्तै, नवौं राष्ट्रिय प्रतियोगिताअन्तर्गत जुडोमा तेस्रो बन्ने दिपीका आचार्जु, दिव्या लिम्बूलाई सम्मान गरिएको थियो । यस्तै, राष्ट्रपति कप २०७९ मा १०० मिटर रेसमा तेस्रो बन्ने अशोक तामाङ, २ सय मिटरमा तेस्रो बन्ने अशोक तामाङ, पहिलो बन्ने सुष्मा तामाङ, ८ सय मिटरमा प्रथम बन्ने सोहिन घिसिङ, १५ सय मिटरमा तेस्रो बन्ने आयुषा लिम्बू, ४ सय मिटरमा तेस्रो बन्ने अनुप तामाङ, साहिल लिम्बू, अजयराज दाहाल, रोजन सुनुवार, ४ सय मिटरमा दोस्रो बन्ने अनुप तामाङ, सोहिन घिसिङ, विभुषण चौधरी, रोजन सुनुवारलाई पनि सम्मान गरिएको थियो ।
यस्तै, हाइजम्पमा तेस्रो र दोस्रो बन्ने क्रमशः अजयराज दाहाल र प्रकृति राई, सर्टपुटमा प्रथम र दोस्रो बन्ने प्रकृति राई, रोजन सुनुवार, जाभाइलाइनमा तेस्रो बन्ने साहिल लिम्बू, आयुषा लिम्बूलाई पनि सम्मान गरिएको थियो । यस्तै, ट्रिपल जम्पमा प्रथम बन्ने रोजन सुनुवार, लङजम्पमा तेस्रो बन्ने सुष्मा तामाङलाई सम्मान गरिएको छ ।
कलेजले पढाइका साथै अतिरिक्त क्रियाकलापमा पनि सक्दो जोड दिँदै आएको एकेडेमीक डाइरेक्टर मोहनकुमार पोख्रेलले जानकारी दिए । ‘पठनपाठनसँगै विद्यार्थीहरुलाई अन्य अतिरिक्त क्रियाकलापमा जागरुप गराउन खेलकुदलगायत विविध प्रतियोगिताको आयोजना थर्दै आएका छौं’, उनले भने, ‘अतिरिक्त क्रियाकलाप फुटबल, भलिबल, टेबलटेनिस, बास्केटबल, ब्याडमिन्टन, नृत्य, गायन, वक्तृत्वकलालगायतका विभिन्न प्रतियोगितामा हाम्रा विद्यार्थीले हारेका छैनन् ।’
पिएचएडी गर्ने पोख्रेल पनिलाई सम्मान
यसैबीच एकेडेमिक डाइरेक्टरको भूमिका निर्वाह गर्दै आएका मोहनकुमार पोख्रेललाई पनि कलेजले सम्मान गरेको छ । भर्खरै त्रिभुवन विश्वविद्यालयबाट पिएचएडी सकेको भन्दै उनलाई सम्मान गरेको हो । उनले वैद्धिक तथा अंग्रेजी साहित्यमा पिएचडी हासिल गरेका थिए ।
तस्वीरहरुः हाम्रो कोशी आवाज






