धरानः धरान–३ स्थित भानु स्मृति माविको ५९ औं वार्षिकोत्सव तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको छ ।
सुनसरी क्षेत्र नं. १(क) का प्रदेशसभा सदस्य सांसद रमेश बस्नेतको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रम विद्यार्थी, अक्षयकोष स्थापना गर्ने विभिन्न दाताहरुलाई सम्मान गरिएको थियो । कार्यक्रममा गत वर्षको वार्षिक परीक्षामा कक्षा–बाल बिकासदेखि १० सम्म पहिलो, दोस्रो र तेस्रो हुने विद्यार्थीलाई पुरस्कार वितरण गरिएको थियो । त्यस्तै, विद्यालयमा अक्षयकोष–छात्रवृत्ति स्थापना गर्ने विभिन्न दाताहरुलाई समेत सम्मान गरिएको थियो । सम्मानितहरुलाई कार्यक्रमका प्रमुख अतिथी सांसद बस्नेतले अविर, दोसल्ला र सम्मान–पत्रले सम्मान गरे ।
विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष नैनकला न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा विद्यालयका प्रधानाध्यापक रविन्द्र सुवेदीले विद्यालयको वार्षिक प्रतिवेदन प्रस्तुत गरे । प्रतिवेदन प्रस्तुत गर्दै प्रअ सुवेदीले विद्यालयको भौतिक पूर्वाधार विकासका लागि पहल गरिदिन प्रदेश सांसद तथा सम्बन्धित निकायसँग आग्रह गरे । प्रमुख अतिथी १ नं. प्रदेसका सांसद रमेस बस्नेतले शिक्षा क्षेत्रको विकासका लागि आफूले सक्दो कोसिस गर्ने बताए । अतिथी पब्लिक हाइस्कुलका प्रधानाध्यापक इन्द्रमोहन झाले हरेक विद्यालयले शिक्षामा मात्र नभएर विद्यार्थीहरुलाई अन्य अतिरिक्त क्रियाकलापमा जोड दिन आग्रह गरे ।
अर्का अतिथी सहिद स्मृति माविका प्रधानाध्यापक राम विष्टले आउने आर्थिक वबर्षबाट दिवा खाजाको लागि प्रत्येक दिन उपलब्ध गराइँदै आएको प्रति विद्यार्थी रकम १५ रुपैयाँबाट बढाएर २५ रुपैयाँ उपलब्ध गराउन सरकारसँग आग्रह गरे । धरान उप–महानगर पालिका वडा न.३ का वडा अध्यक्ष विद्या शाक्यले वडामै एउटा मात्र रहेको सरकारी विद्यालय भानु स्मृति माविको भौतिक पूर्वाधार विकासका गर्नका लागि पहल गरिदिन प्रदेस सांसद बस्नेतसँग आग्रह गरे ।
कार्यक्रममा अनिवार्य अवकाश पाएका शिक्षक नारायणप्रसाद ढकाललाई प्रमुख अतिथि बस्नेतले अविर, खदा र सम्मान–पत्रले सम्मान गरे । कार्यक्रममा गत वर्षको वार्षिक परीक्षामा कक्षा–बाल बिकासदेखि १० सम्म पहिलो, दोस्रो र तेस्रो हुने विद्यार्थीलाई पुरस्कार वितरण गरियो । त्यस्तै विद्यालयमा अक्षयकोष–छात्रवृत्ति स्थापना गर्ने विभिन्न दाताहरुलाई समेत सम्मान गरिएको थियो ।
सम्मानितहरुलाई कार्यक्रमका प्रमुख अतिथी सांसद बस्नेतले अबिर, दोसल्ला र सम्मान–पत्रले सम्मान गरे । कार्यक्रममा शिक्षक अभिभावक संघका अध्यक्ष शान्ता अधिकारी, शिक्षा सदन माविका प्रधानाध्यापक अमर बस्नेत, बुद्धिमान घले, गङ्गाबहादुर श्रेष्ठ लगायतको उपस्थिति थियो । शिक्षक ओम रिमालले लागूऔषधविरुद्धको जनचेतनामूलक गीत समेत प्रस्तुत गरे ।
कार्यक्रममा विद्यार्थीहरुले आकर्षक नृत्य र गीत प्रस्तुत गरे । अभिभावकहरुको उल्लेख्य उपस्थिति रहेको कार्यक्रममा विद्यालयका सहायक प्रधानाध्यापक हेमचन्द्र अधिकारीले स्वागत मन्तब्य ब्यक्त गरेका थिए । कार्यक्रमको सञ्चालन शिक्षकद्वय प्रवल श्रेष्ठ र ओम रिमालले गरे । तस्वीरहरुः सिर्जना जोगी
















