Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

सवारी व्यवस्थापन गर्दै धरान उपमहानगरपालिका

हाम्रो कोशी आवाज
माघ २७ २०७९, शुक्रबार
सवारी व्यवस्थापन गर्दै धरान उपमहानगरपालिका

भानुचोक-लक्ष्मीचोक र लक्ष्मीचोक-भानुचोक वान वे हुने, कार्यदलले बुझाएको प्रतिवेदनमा के छ ?
धरानः धरानको सवारी साधनलाई व्यवस्थित बनाउन धरान उपमहानगरपालिका लागिपरेको छ ।
धरानको मुख्य बजारमै सवारी आवागमन अस्तव्यस्त हुने गरेको छ । साँघुरिँदै गएको बजारमा सवारी साधनको अत्याधिक चापले धरानको मुख्य बजार क्षेत्र अस्तव्यस्त हुने गरेको छ । बजारमा सवारी साधनको जथाभावी पार्किङले बजारलाई नै कुरूप बनाउँदै समेत लगेको छ । बढ्दै गएको सवारी साधनको चापले भानुचोक क्षेत्र अव्यवस्थित हुने गरेको हो । एकातिर सवारी चाप बढ्दै जानु र अर्कोतर्फ साँघुरो सडकका कारण धरानमा ट्राफिक व्यवस्थापनमा समस्या भएको हो ।
यसै कुरालाई मध्यनजर गर्दै धरानको भानुचोक साथै मुख्य बजार क्षेत्रको सडक व्यवस्थापन साथै अस्तव्यस्त सवारी साधनलाई व्यवस्थापन गर्न धरान उपमहानगरपालिका लागिपरेको हो । केही हप्ताअघि धरान उपमहानगरपालिकाले सरोकारवाला निकाय, यातायात व्यवसायी, विभिन्न संघसंस्थाहरुलाई छलफलमा डाकेको थियो । सो बैठकले धरान–२ का वडाध्यक्ष रमेश राईको अध्यक्षतामा १७ सदस्यीय कार्यदल समेत गठन गरेको थियो । बैठकले नै १० दिनभित्र प्रतिवदन पेश गर्ने निर्णय समेत गरेको थियो ।
कार्यदलले सम्बन्धित व्यवसायी, अन्य सरोकारवालासँग छलफल, अन्तक्र्रिया र स्थलगत अध्ययन गरी मुख्य बजार क्षेत्रमा यातायात व्यवस्थापनका समस्या, समाधानका उपायहरु, गर्नुपर्ने कार्य, सुझावहरु र आवश्यक सामग्रीको लिष्टसमेत तयार गरी शुक्रबार प्रतिवेदन पेश गरेको छ ।
प्रतिवेदनमाथि कार्यपालिका बैठक कक्षमा शुक्रबार छलफल समेत भएको छ । मेयर हर्कराज राई साम्पाङ, धरान–२ र ३ का वडाध्यक्षसहित प्रदेश १ ट्राफिक प्रहरी कार्यालय इटहरीका प्रमुख, जिल्ला ट्राफिक प्रहरी प्रमुख, इलाका प्रशासन कार्यालय धरानका प्रमुखलगायत यातायात व्यवसायीसहित छलफल भएको छ ।
छलफलले प्रतिवेदन कार्यान्वयनतर्फ उपमहानगरपालिका लागेको कार्यदलका सदस्य सचिव समेत रहेका उपमहानगरपालिकाका बजार अनुगमन अधिकृत वेदप्रकाश सापकोटाले जानकारी दिए । ‘शुक्रबार कार्यदलले पेश गरेको प्रतिवेदनउपर छलफल गरियो’, उनले भने, ‘प्रतिवेदन कार्यान्वयनको पहिलो चरणमा एकतर्फी (वान वे) गर्ने र क्रमशः प्रतिवेदनमा भएका विषयहरुलाई कार्यान्वयन गर्दै जाने निर्णय भएको छ ।’
यसैबीच आउँदो माघ २९ गते सार्वजनिक सूचना प्रकाशित गरी फागुन ८ गतेदेखि सवारी साधन एकतर्फी (वान वे) गरिने भएको छ । सवारी साधनलाई भानुचोक, छाताचोक, लक्ष्मीचोक एकतर्फी (वान वे) साथै लक्ष्मीचोक, पृथ्वीचोक, पुरानो बजार, माछाभौडी, देशीलाइन, भानुचोकसम्म एकतर्फी गरिने कार्यदलका सदस्य सचिव सापकोटाले जानकारी दिए ।
यस्तै, घण्टाघर दक्षिणमा रहेका सिटी सफारीलाई सो स्थानबाट हटाइ अन्यत्रै स्थानान्तरण गरिने समेत निर्णय भएको उनले जानकारी दिए । घण्टाघरको दक्षिण रहेका सिटी सफारीलाई पश्चिमतर्फ स्थानान्तरण गरिने उनले जानकारी दिए ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय धरानका प्रमुख श्यामकुमार बस्नेतले धरानको बसपार्क साँघुरो भएका कारण ट्राफिक व्यवस्थापनमा समस्या हुँदै अँएको बताए ।
मेयर साम्पाङले पनि अहिले सवारी साधनको पार्किङ व्यवस्थापन धरानको मुख्य चुनौती बन्दै गएको बताए । उनले क्रमशः अन्य स्थानमा पनि सवारी साधन व्यवस्थापन गर्दै भानुचोकको चापलाई कम गर्न सकिने बताए ।
कार्यदलले बुझाएको प्रतिवेदनमा के छ ?

 

प्रकाशित मिति: माघ २७ २०७९, शुक्रबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend