धरानः धरान-१६ स्थित सियोन स्कुलमा खेलकुद सप्ताह २०७९ आयोजना भएको छ ।
गत बिहीबाररदेखि खेल सप्ताह आयोजना भएको हो । खेल सप्ताअन्तर्गत छात्रछात्रातर्फ फुटसल, फिलिङ द वाटर बोतल रेस, म्याथ रेस, टेबलटेनिस, बास्केटबल, चेस, म्युजिकल चेयरलगायतका प्रतियोगिता आयोजना भएको डाइरेक्टर, प्रिन्सिपल खड्गबहादुर थापा मगरले जानकारी दिए ।
मङ्गलबार इलाका प्रशासन कार्यालय धरानका प्रमुख चुडामणि भट्टराईको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा बिजेता विद्यार्थीहरुलाई मेडल, ट्रफी र प्रमाणपत्र प्रदान गरिएको थियो । पढाइका साथै अतिरिक्त क्रियाकलापमा पनि विद्यार्थी खरो उत्रिँदै आएको प्रिन्सिपल थापा मगरले जानकारी दिए । ‘पढाइका साथै अतिरिक्त क्रियाकलापमा पनि विद्यार्थी खरो उत्रिँदै अब्बल सावित हुँदै गएका छन्’, उनले भने, ‘यसका लागि विद्यार्थीलाई बेलाबेलामा खेलकुदलगायतका गतिविधिमा पनि विद्यार्थीलाई सक्दो जोड दिँदै आएका छौं, यसले गर्दा विद्यार्थीले पढाइका साथै अतिरिक्त क्रियाकलापमा पनि अब्बलता कायम गर्दै आएका छन् ।
तस्वीरहरुः हाम्रो कोशी आवाज






































