Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानमा चलचित्र ‘माङगेन्ना’ को पोष्टर सार्वजनिक

हाम्रो कोशी आवाज
फाल्गुन ४ २०७९, बिहिबार
धरानमा चलचित्र ‘माङगेन्ना’ को पोष्टर सार्वजनिक

धरानः धरानमा चलचित्र ‘माङ्गेन्ना’ को पोष्टर सार्वजनिक गरिएको छ ।
लिम्बू संस्कार, संस्कृति र रितिरिवाज कथावस्तु समेटिएको सो चलचित्रको बुधबार पोष्टर सार्वजनिक गरिएको हो । विशेषतः चेली–माइतीबीच हुने संस्कार, संस्कृति साथै गाउँघरमा हुने रितिरिवाज, चालचलन आदि विषय समेटेर फिल्म निर्माण सकिर्एको निर्देशक तथा लेखक प्रेम सुब्बाले जानकारी दिए ।
चलचित्रमा किशोर सम्वाहाम्फे, टिकाराम लिम्बू, ममता लिबाङ, बिपना आन्छङ्बो, आरबी थान्देन, मुना हुक्पाचोङबाङ, दीपक लाबुङ, हेमु स्मृति, सुनाराज थेगिमलगायतको अभिनय रहनेछ । प्रकाश सुब्बाको छायांकन रहेको चलचित्रको चलचित्रको छायांकन तेह्रथुमको शुक्रबारेमा गरिएको निर्माण पक्षले जनाएको छ । मिक्लाजुङ फिल्मसको पहिलो प्रस्तुति रहेको चलचित्रको सागर सिङ्गल र टिकाराम लिम्बूले संयुक्तरुपमा निर्माण गरेका छन् ।
कार्यक्रममा उपस्थित समाजसेवी क्याप्टेन पूर्ण लिम्बू, याक्थुङ चलचित्रकर्मी संघका अध्यक्ष कलाकार नविन मेन्याङ्बो, नेपाल पत्रकार महासंघ सुनसरीका अध्यक्ष जनकऋृषि राई, कलाकार सम्वाहाम्फे, समाजसेवी तथा गीतकार मीना सिङगक, कलाकार निर्देशक विजय सुब्बा, फिल्मका प्रस्तुतकर्ता सिङ्गल, निर्माता आरबी थाङ्देनलगायतले बोलेका थिए ।

प्रकाशित मिति: फाल्गुन ४ २०७९, बिहिबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend