Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानमा डिएसपी श्रेष्ठ गए, मल्ल आए, कसैलाई नछाड्ने

हाम्रो कोशी आवाज
फाल्गुन ४ २०७९, बिहिबार
धरानमा डिएसपी श्रेष्ठ गए, मल्ल आए, कसैलाई नछाड्ने

धरानः धरानस्थित इलाका प्रहरी कार्यालय धरानमा नयाँ डिएसपी आएका छन् ।
यसअघिका डिएसपी बुद्ध श्रेष्ठ करिब १० दिनअघि नै विराटनगरस्थित विराटनगर गणमा नियमित सरुवा भएपछि नयाँ डिएसपी (प्रहरी नायब उपरीक्षक) नवराज मल्ल आइपुगेका हुन् ।
उनले पद बहालीपछि बिहीबार पत्रकार भेटघाट कार्यक्रम समेत गरेका छन् । उनले आफू पूर्वको झापामा जन्मिएको र यहाँको वस्तुस्थितिबारे धेरै जानकार रहेको बताए । उनले पत्रकारहरुलाई यहाँ लागूऔषध नै मुख्य समस्या रहेको बताए ।
धरानमा पछिल्लो समय आर्थिक अपराधका घटना पनि बढेको उनले बताएका छन् । इलाका प्रहरीमा आएको उजुरीहरूको तथ्याङ्क हेर्दा बैंकिङ कसुर, लेनदेनमा आर्थिक ठगीको उजुरीहरूको संख्या बढेको उनको भनाई छ । उनले आफू प्रचारबाजीभन्दा पनि काम गरेर देखाउने बताए । उनले अनावश्यक गतिविधि गर्ने, आपराधिक गतिविधिमा संलग्न कसैलाई पनि नछाड्ने बताए । उनले प्रभावकारी अनुसन्धान गर्न आफू पछि नहट्ने र गुण्डागर्दी नियन्त्रणमा पनि आफ्नो ध्यान केन्द्रित रहेको बताए ।
उनले लागूऔषधको अपराध न्यूनीकरण गर्न सहयोग गर्ने प्रतिबद्धता पनि जनाए । उनले विचौलियाहरुलाई दुरुत्साहित गर्दै अघि बढ्ने पनि बताए । उनी पहाडी जिल्ला संखुवासभाबाट सरुवा भई धरान आएका हुन् ।
तस्वीरः लक्ष्मण थापा
तस्वीरः लक्ष्मण थापा

प्रकाशित मिति: फाल्गुन ४ २०७९, बिहिबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend