धरानः धरानमा खुकुरी प्रहारबाट तीनजना घाइते भएका छन् ।
घाइते हुनेहरुमा धरान–१५ का मौसम लिम्बू, धरान–१२ का माइक राई र धरान–१९ का एन्सन लिम्बू रहेको प्रहरीले जनाएको छ । घाइतेमध्ये एन्सनको अवस्था चिन्ताजनक रहेको प्रहरीले जनाएको छ । घाइतेहरुमध्ये दुईजना घर फर्किसकेका छन् भने एन्सनलाई भने थप उपचारका विराटनगरस्थित न्यूरो अस्पतालमा लगिएको प्रहरीले जनाएको छ ।
शुक्रबार राति करिब ९ बजेको समयमा धरान–१२ र ११ को बीचमा रहेको स्वस्तिक चोक मास्तिर क्याफेमा गफिएर बसिरहेको अवस्थामा चार जना युवाको समूहले आएर उनीहरुमाथि आक्रमण गर्नुका साथै खुकुरी प्रहार गरी भागेको प्रहरीले जनाएको छ ।
चारजना पक्राउ परिसकेको र अन्यको खोजी भइरहेको इलाका प्रहरी कार्यालय धरानका डिएसपी नवराज मल्ले जानकारी दिए । -थप अपडेट