धरानः नेपाली बब मार्लीको उपनामले चिनिने लोकप्रिय लोकश्रस्टा गंगा बरदानको लोकप्रिय गीत ‘कहाँमा काट्यो बेतको लौरी’ नयाँ भर्सनमा सार्वजनिक भएको छ ।
सो गीत वि.स. २०३५ सालमा रेडियो नेपालमा आफ्नो जीवनकै पहिलो गीत रेकर्ड गरेका थिए । त्यसपछि २०५५ साल ताका आफ्नो पहिलो एल्वम गंगा बरदान भाग १ को लागि यही गीत दोस्रो पटक नमस्ते स्टुडियो, काठमाण्डौमा रेकर्ड गरेका थिए भने २०७९ सालमा आएर तेस्रोपल्ट धरानको न्यू भावना रेकर्डिङ स्टुडियोमा तेस्रोपल्ट नयाँ भर्सनमा रेकर्ड गरेका हुन् । अहिलेसम्म पनि उतिकै सदाबहार गीतलाई यसपाली भने रेगी भर्सनमा बनाइएको छ । पुरानै लयलाई कतिपनि नबिगारी संगीत संयोजनमा नयाँ टेस्टमात्र दिन खोजिएको गायक बरदान बताउँछन् ।
१६ वर्षको कलिलो उमेरमा वि.स. २०२५ सालमा भोजपुरमा आयोजित लोक तथा नृत्य प्रतियोगितामा ‘दाइ त काले भाइ पनि काले काले काले मिलेर खाउँ भाले’ बोलको आफ्नै संकलन तथा स्वर रहेको गीतबाट दोस्रो स्थान प्राप्त गरी ५ हजार पुरस्कार पाएका बरदानले त्यसको ६ वर्षपछि वि.स. २०३१ सालमा धरानमा आयोजित पूर्वाञ्चलब्यापी लोकगीत प्रतियोगितामा ‘छपनीले छान छान डबकीले हान’ बोलको गीतबाट प्रथम स्थान हात पारेका थिए । नमस्ते ब्याण्डको सक्रियतामा उनको गंगा बरदान भाग १ , २ , ३ एल्बम बजारमा आइसकेको छ ।
नयाँ भर्सनमा जुपिहाङ लिम्बूको संगीत संयोजन तथा डम्बर लिम्बूको मिक्सिङ तथा मास्टरिंग रहेको छ ।
https://youtu.be/zE4iA4ypSMY