Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरान उपमहानगरपालिकाद्वारा प्रभातफेरि

हाम्रो कोशी आवाज
फाल्गुन ७ २०७९, आइतबार
धरान उपमहानगरपालिकाद्वारा प्रभातफेरि

सहिदले चाहेको जस्तो गरौंः मेयर साम्पाङ (१८ तस्वीर र भिडियोसहित)

धरानः धरान उपमहानगरपालिकाले प्रभातफेरि कार्यक्रमको आयोजना गरेको छ ।
राणा शासन अन्त्य भएर देशमा प्रजातन्त्र स्थापना भएको सम्झनामा आइतबार प्रजातन्त्र दिवस मनाइएको हो ।
धरान उपमहानगरपालिकाको प्राङ्गणबाट शुरु भएको प्रभातफेरि भानुचोकमा पुगेर सम्पन्न भएको थियो । कार्यक्रममा कर्मचारी, नेपाल प्रहरी, सशस्त्र प्रहरी साथै ट्राफिक प्रहरीहरुको समेत उपस्थिति थियो । कार्यक्रममा बोल्दै धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई साम्पाङले भानुचोकमा झन्डोत्तोलन समेत गरेका थिए ।
कार्यक्रममा बोल्दै मेयर साम्पाङले सहिदहरुको रगत, पसिना साथै बलिदानले प्रजातन्त्रको स्थापना भएको बताउँदै सहिदले चाहेको जस्तो आचरण, नैतिकता र जिम्मेवारी बहन गरेर जनताले प्रजातन्त्रको अनभूति गर्ने गरेर काम गर्नु सबैको दायित्व भएको बताए । ‘प्रजातन्त्र भनेको व्यवस्था मात्र होइन व्यवहार हो । अतः व्यवहारमा उतारेर नै यसलाई संस्थागत गर्न आवश्यक छ’ उनले भने ।
२००७ फागुन ७ गते प्रजातन्त्र स्थापना भएको थियो । दिवसको अवसरमा आइतबार सरकारले सार्वजनिक विदा समेत दिएको छ । १०४ वर्षे जहानियाँ राणा शासनविरुद्ध चर्किएको आन्दोलनपछि तत्कालीन शासकले जनतासमक्ष घुँडा टेक्न बाध्य भएर प्रजातन्त्र स्थापना भएको घोषणा गरेको थियो । नेपालमा पहिलोपटक २०१५ साल फागुन ७ मा निर्वाचन भएको दिनको स्मरणमा गत २०७३ देखि यो दिवस मनाउन थालिएको हो ।
तस्वीरहरुः हाम्रो कोशी आवाज

प्रकाशित मिति: फाल्गुन ७ २०७९, आइतबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend