Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

प्रदेश १ स्तरिय अल्फाविटा अन्तरकलेज बास्केटवलमा धरान मेघा र सियोन फाइनलमा प्रवेश

हाम्रो कोशी आवाज
फाल्गुन ७ २०७९, आइतबार
प्रदेश १ स्तरिय अल्फाविटा अन्तरकलेज बास्केटवलमा धरान मेघा र सियोन फाइनलमा प्रवेश

धरान बास्केटवल संघको आयोजना तथा धरान उपमहानगरपालिकाको संयोजनमा आयोजित प्रदेश १ स्तरिय अल्फाबिटा अन्तर कलेज महिला , पुरुष बास्केटबलको प्रतियोगितामा धरान मेघा हिमालयन कलेज र सियोन स्कुल महिला टिम फाइनलमा प्रवेश गरेका छन ।
आज भएको महिला तर्फको सेमिफाइनल खेलमा धरान मेघाले पुब्लिक हाइ स्कुललाई ३४ – ७ अंकको फराकिलो अन्तरले पराजित गर्दै फाइनल प्रवेश गरेका हुन । यसै गरि सियोन र केन्द्रिय प्राविधि क्याम्पस हात्तिसार कलेज बिच भएको प्रतिस्पर्धात्मक खेलमा सियोनले हात्तिसारलाइ ९–७ अंकको झिनो अन्तरले पराजित गर्दै फाइनलमा स्थान सुनिश्चित बनाएका थिए । धरान मेघा र पब्लिकले प्रत्येक क्वाटरमा १८–०, १०–२, ५–० र ४–२ अंक जोडे भने सियोन र हात्तिसार कलेजले २–०, ०–३, ५–२ र २–२ अंक जोडेका थिए ।सोही दिन भएको पुरुष तर्फ भएको क्वाटर फाइनल खेलमा सिटि कलेजले लोटस स्कुललाइ ३०–२४ अंकले पराजित गर्दै सेमिफाइनल प्रवेश गरेका छन । खेलमा खेलमा सिटि र लोटसले प्रत्यक क्वाटरमा ८–२, ७–११, ३–४ र १२–७ अंक जोडे । आइतबार भएको खेलमा धरान मेघाका तनु राइले ८, सियोन स्कुलका आशा लामाले ५ र लोटसका सावन मन्डलले ११ अंक ब्यक्तिगत जोडे । अल्फा विटा कोयोला एजुकेशन कन्सलटेन्सिको मुख्य प्रायोजन तथा सुनसरी बास्केटवल संघको प्राविधिक सहयोगमा आयोजित प्रतियोगिताका पुरुष तर्फका विजेताले नगद ३० हजार, उपविजेताले नगद १५ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् । छात्रातर्फका विजेताले नगद २० हजार र उपविजेताले १० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् । यसैगरि व्यक्तिगत विद्यामा प्रतियोगिताका मोस्ट भ्यालुएवल प्लेयर एमभिपि उपाधि महिला पुरुष विजेताले जनहि नगद दुई हजार ५ सय र हाइस्कोररले जनहि दुई हजार रुपैया, ट्रफि र प्रमाणपत्र प्राप्त गर्नेछ । उदयीमान खेलाडिले ट्रफि र प्रमाणपत्र प्राप्त गर्नेछ ।
भोलि सोमबार हुने पहिलो क्वाटर फाइनल खेल युएन नवोदय क्लेज र राष्ट्रिय जनसेवक इटहरी र पुर्वान्चल इन्जिनियर कलेज र विर्तामोड झापाबिच हुनेछ । कलेजखेल पुरुषतर्फ धरान सिटि कलेज र लोटस बिच क्वाटर फाइनल खेल हुनेछ । प्रतियोगितामा पुरुषतर्फ धरान मेघा हिमालयन र सिटि कलेज सेमिफाइन प्रबेश गरिसकेका छन । प्रतियोगिताको सम्पुर्ण खेल धरान १६ धरान रंगशाला स्थित इन्डोर बास्केटबल कोर्टमा सम्पन्न भइरहेको छ ।

 

प्रकाशित मिति: फाल्गुन ७ २०७९, आइतबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend