Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

भोलिदेखि धरानको भानुचोकदेखि लक्ष्मीचोकसम्म ‘वान वे’ लागू हुने

हाम्रो कोशी आवाज
फाल्गुन ७ २०७९, आइतबार
भोलिदेखि धरानको भानुचोकदेखि लक्ष्मीचोकसम्म ‘वान वे’ लागू हुने

धरानः धरान उपमहानगरपालिकाले भानुचोकदेखि लक्ष्मीचोकसम्म ‘वान वे’ बाट मात्र सवारी साधन सञ्चालन गर्न पाइने व्यवस्था गरेको छ ।
फागुन ८ गते अर्थात् भोलि सोमबारबाट धरानको मुख्य बजार क्षेत्रमा यातायात व्यवस्थापन र दुर्घटना न्यूनीकरण गर्न ‘वान वे’ सञ्चालन हुने भएको हो ।
धरानका मेयर हर्क साम्पाङ राईको संयोजकत्वमा माघ २७ गतेको बसेको बैठकले दुर्घटना न्यूनीकरण गर्न ‘वान वे’ बाट सवारी आवतजावत गर्ने व्यवस्था मिलाएको हो । भानुचोकबाट लक्ष्मीचोकतर्फ जाने सवारीसाधन छाताचोक हुँदै जानुपर्ने छ । लक्ष्मीचोकबाट जाने सवारीसाधनहरूले पृथ्वीचोक, पुरानो बजार, माछाभौडी र देशीलाइन हुँदै भानुचोक जानुपर्ने छ ।
यस्तो छ सूचना
धरान उपमहानगरपालिकाको जनहितमा जारी सूचना
धरान उपमहानगपालिकाको मूख्य बजार क्षेत्रमा यातायात व्यवस्थापन तथा दुर्घटना न्युनीकरण गर्नको लागि मिति २०७९–१०–२७ गतेको नगरप्रमुखस्तरीय निर्णय अनुसार उपमहानगरपालिकाको भानु चोकबाट, छाता चोक, हुँदै लक्ष्मी चोक तर्फ भएर जाने र लक्ष्मी चोकबाट पृथ्वी चोक, पुरानो बजार, माछा भौडी, देशीलाइन हुँदै भानुचोक भएर जाने सबै प्रकारका सवारी साधनहरुलाई मिति २०७९÷११÷०८ गते सोमबारबाट एकतर्फी गरिने भएकोले सम्बन्धित सरोकारवालामा सबैमा जानकारी गराइन्छ ।

प्रकाशित मिति: फाल्गुन ७ २०७९, आइतबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend