Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरान नृत्य कला प्रतिष्ठानको अधिवेशन, अध्यक्षमा नन्दा राई

हाम्रो कोशी आवाज
फाल्गुन ७ २०७९, आइतबार
धरान नृत्य कला प्रतिष्ठानको अधिवेशन, अध्यक्षमा नन्दा राई

धरानः धरान नृत्य कला प्रतिष्ठानको प्रथम अधिवेशनबाट शनिबार सर्बसम्मत रुपमा अध्यक्षमा नन्दा राई चयन भएको छ ।
यसैगरी उपाध्यक्षमा मणिकुमार लिम्बू, सचिवमा सन्तोष तामाङ, सहसचिवमा सानुराजा थेगिम, कोषाध्यक्षमा सुरेश राई र सदस्यमा सुमित्रा राई (सन्जु), पवन तामाङ, प्रविण भुजेल र एलिसा ल्वागुन चयन भएका छन् ।
नृत्यकार तथा नृत्य क्षेत्रको विकास गर्ने उद्देश्यले स्थापित सो प्रतिष्ठानको नयाँ कार्य समितिमा प्रथम अधिवेशनबाट ९ जना चयन भएको हो भने आगामी बैठकबाट ४ जना सदस्य मनोनित गरी थपिनेछ ।
अधिवेशन धरान–९ स्थीत होटल रत्न इनमा प्रतिष्ठानको निवर्तमान अध्यक्ष मणिकुमार राईको अध्यक्षता तथा १ नंबर प्रदेश सभा सदस्य विजयकुमार राईको प्रमुख आतिथ्यमा भएको हो ।

प्रकाशित मिति: फाल्गुन ७ २०७९, आइतबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend