Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानमा बुढासुब्बा गोल्डकपको तयारी तीब्र, कुन कुन सहभागी ?

हाम्रो कोशी आवाज
फाल्गुन ७ २०७९, आइतबार
धरानमा बुढासुब्बा गोल्डकपको तयारी तीब्र, कुन कुन सहभागी ?

धरानः करिब दुई वर्षदेखि रोकिएको बुढासुब्बा टुबोर्ग गोल्डकपको तयारी तीब्र बनाइएको छ ।
२३ औं संस्करण आउँदो फागुन १३ गतेबाट हुँदैछ । धरान फुटबल क्लबले पत्रकार सम्मेलनको आयोजना गर्दै तयारी तीब्र बनाइएको जानकारी दिएको हो । फागुन २० गतेसम्म आयोजना हुने प्रतियोगिता धरान–१६ स्थित धरान रंगशालामा हुनेछ ।
प्रतियोगितामा क्यामरुन, बंगलादेश तथा भारतको एक क्लब सहित आठ टिम सहभागी हुने क्लबका अध्यक्ष किशोर राईले जानकारी दिए । प्रतियोगितामा आयोजक धरान फुटबल क्लब, केबिपिएस बंगलादेश, एभेनियर एफसी क्यामरुन, नेपाल पुलिस क्लब काठमाण्डौं, बागमती युवा क्लब सर्लाही, केएफटिसी झापा, एन्फा मोरङ सहभागी रहने आयोजकले जनाएको छ ।
प्रतियोगिताको विजेता टोलीले ट्रफी सहित नगद १० लाख पाउनेछ भने उपविजेताले नगद ५ लाख पाउनेछ । साथै, यसपाली उत्कृष्ट खेलाडीलाई नगद १ लाख दिइनेछ । विगतमा भने मोटरसाइकल दिँदै आएको थियो । प्रत्येक खेलको म्यान अफ दि म्याचलाई १० हजार दिइनेछ भने उत्कृष्ट गोलरक्षक, डिफेन्स, मिड फिल्डर, स्ट्राइकर, प्रशिक्षकलाई जनही २५ हजार पुरस्कार दिइनेछ । प्रतियोगिताको सर्वाधिक गोलकर्तालाई ३५ हजार पुरस्कार दिइने पनि क्लबले जनाएको छ । प्रतियोगीताभरमा १ करोड ९ लाख ५० हजार आय हुने अनुमान गरिएको क्लबका कोषाध्यक्ष बुढाथोकीले जानकारी दिए । आयोजकले यसपटक ८५ लाख ५ हजार खर्च हुने अनुमान गरेको छ । प्रतियोगिता सम्पन्न गर्न यसपटक धरान उपमहानगरपालिकाले १५ लाख रुपैयाँ दिने निर्णय गरिसकेको छ ।
वि.स.२०५५ सालदेखि आयोजना हुँदै आएको प्रतियोगिताको संयोजक धरान उपमहानगरपालिका रहेको छ भने मुख्य प्रायोजक टुर्बोग वियर, सह– प्रायोजकहरुमा सोमरर्सवे, नेको इन्सुरेन्स लि, राष्ट्रिय वाणिज्य बैक, एनि स्पोर्टस ब्रान्ड, आईएमई, सुनसरी टेक्निकल कलेज, डाइनामपक फुड्स र अन्नपूर्ण सिमेन्ट रहेको क्लबका महासचिव प्रताप तामाङले जानकारी दिए ।
तस्वीरः लक्ष्मण थापा

प्रकाशित मिति: फाल्गुन ७ २०७९, आइतबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend