Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानमा ग्याँस लिकेज भएर सिलिन्डर पड्कियो

हाम्रो कोशी आवाज
फाल्गुन ८ २०७९, सोमबार
धरानमा ग्याँस लिकेज भएर सिलिन्डर पड्कियो

ग्याँस लिकेज बनाउन पुगेकासहित ८ जना घाइते

धरानः धरान–१७ मा ग्याँस लिकेज भएर सिलिन्डर पडकिँदा ८ जना घाइते भएका छन् ।
घाइतेहरुको तत्कालै धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ । इलाका प्रहरी कार्यालय धरानका डिएसपी नवराज मल्लले ८ जना घाइते भएको र घाइतेको प्रतिष्ठानमा उपचार भइरहेको जानकारी दिए ।
घाइते हुनेहरुमा ८ वर्षीय सांकेत राई, १० वर्षीय सुनिहाङ राई रहेका छन् । उनीहरुको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । यस्तै, अञ्जना राई, राजकुमारी राई, सविता राई, सोनिका राई, अनिष कार्की, र बासुदेव खड्का रहेका छन् ।
कोशी ग्याँस लिक भएको थाहा पाएर बनाउन पुगेका कोशीकै स्टाफ अनिष र बासुदेव पनि सो सिलिन्डर पड्किँदा घाइते भएका हुन् । धरान–१७ आदर्शचोकमा रहेको डिपोट स्कुलकी शिक्षिका अञ्जना राईको कोठामा यस्तो ग्याँस पड्किएको हो ।
सो घटनामा चारजना गम्भीर रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: फाल्गुन ८ २०७९, सोमबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend