Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानमा बुढासुब्बा गोल्डकप जारी, एभिनियर क्लब सेमिफाइनलमा

हाम्रो कोशी आवाज
फाल्गुन १४ २०७९, आइतबार
धरानमा बुढासुब्बा गोल्डकप जारी, एभिनियर क्लब सेमिफाइनलमा

धरानः धरानमा जारी अन्तर्राष्ट्रिय बुढासुब्बा टुबोर्ग गोल्डकप फुटबल प्रतियोगिताको क्यामरुनको एभिनियर फुटबल क्लब सेमिफाइनलमा प्रवेश गरेको छ ।
बागमती युवा क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै एभिनियर क्लब सेमिफाइनलमा प्रवेश गरेको हो । आइतबार भएको प्रतिस्पर्धात्मक खेलमा क्यामरूनी टोलीका सावाँ अलीले खेलको १४ मिनेटमा गोल गरेका थिए । उनले प्रिन्सको पासमा हेड गोल गरे ।
खेलअवधिभर दुवै टोलीबाट गोल गर्ने थुप्रै अवसर पाएपनि सदुपयोग गर्न भने सकेनन् । खेलको म्यान अफ दि म्याच बागमती युवाका आयुष राना घोषित भए । उनले नगद १० हजार हात पारे । उनलाई धरानका उपमेयर अइन्द्रविक्रम बेघा र व्यवसायी कुन्दन श्रेष्ठले पुुरस्कार वितरण गरेका थिए ।
प्रतियोगितामा सोमबारको खेल झापाको केएफटिसी र नेपाल पुलिस क्लब बीच खेल हुने आयोजकले जनाएको छ । फागुन २० सम्म चल्ने प्रतियोगिताको बिजेताले १० लाख पाउनेछ भने उपविजेताले नगद ५ लाख पाउनेछ । त्यस्तै, प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई नगद १ लाख दिइने पनि आयोजक धरान फुटबल क्लबले जानकारी दिएको छ ।
तस्वीरः लक्ष्मण थापा

प्रकाशित मिति: फाल्गुन १४ २०७९, आइतबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend