Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानमा बुढासुब्बा गोल्डकपः पुलिससँग पराजयको बदला लिँदै झापा सेमिफाइनलमा

हाम्रो कोशी आवाज
फाल्गुन १५ २०७९, सोमबार
धरानमा बुढासुब्बा गोल्डकपः पुलिससँग पराजयको बदला लिँदै झापा सेमिफाइनलमा

धरानः धरान–१६ स्थित रंगशालामा जारी २३ औं बुढासुब्बा टुबोर्ग गोल्डकपअन्तर्गत सोमबार भएको खेलमा नेपाल पुलिस क्लबलाई हराउँदै झापाको काकडभिट्टा ट्रेनिङ सेन्टर सेमीफाइनल प्रवेश गरेको छ ।
पुलिसलाई २–० ले हराउँदै काकडभिट्टा सेमीफाइनल प्रवेश गरेको हो । निशान लिम्बूले पहिलो हाफको २० औं मिनेट र दोस्रो हाफको ३५ औं मिनेटमा गोल गर्न सफल बनेका थिए । खेलको म्यान अफ दि म्याच घोषित हुँदै उनले नगद १० हजार पनि हात पारेका छन् ।
२०७६ को २२ औ संस्करणको क्वाटरफाइनलमा पुलिस ३–१ ले विजयी भएको थियो । २० औ संस्करणमा समेत पुलिसले खेल २–० गोल अन्तरले केएफटिसीलाई हराएको थियो । सोमबारको खेल काकडभिट्टाको लागि पराजयको बदला लिने अवसर बन्यो ।
जुमानु राईको कप्तानीमा उत्रिएको टोलीमा पूर्व राष्ट्रिय खेलाडी भोला सिलवाल, सुमन सुवेदी, बुद्ध लामा, हेम तामाङ, मानबहादुर परियारलगायतका खेलाडी थिए । यस्तै, काकडभिट्टाको लागि कप्तानीमा खमिर गिल्सन कन्दङवा साथै निशान लिम्बू, दिवस उराउ, मिलन राई, विश्वास श्रेष्ठ, सुशील राई, विदेशी खेलाडी योमी लगायत थिए । २०५६, २०५७, २०५९ र २०७३ मा उपाधि जितेको पुलिस ६ पटक उपविजेता समेत थियो तर पनि उसले यसपटक हार व्यहोर्दै फर्किएको छ । तस्वीरः लक्ष्मण थापा

प्रकाशित मिति: फाल्गुन १५ २०७९, सोमबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend