Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरान एक्स्पोः सातौं दिन सुगम पोखरेल गुन्जने

हाम्रो कोशी आवाज
फाल्गुन १७ २०७९, बुधबार
धरान एक्स्पोः सातौं दिन सुगम पोखरेल गुन्जने

धरान: नेपालका चर्चित पप गायक सुगम पोखरेल धरान एक्स्पोको सातौं दिनका प्रमुख आकर्षणको रुपमा प्रस्तुत हुने भएका छन् ।
सुनसरी उद्योग वाणिज्य संघको आयोजनमा धरान रङ्गशालामा फागुन ११ बाट जारी एक्सपोमा आज गायक पोखरेलले आफ्ना साङ्गीतिक प्रस्तुति दिने एक्स्पोका संयोजक गोपाल श्रेष्ठले जानकारी दिए ।
गायक पोखरेलका ‘फेरी त्यो दिन’, ‘पाठशाला’, ‘जाँदै छु टाढा’, ‘सम्हालिन्छ कहिले मन’, ‘रहर छ सँगै’, ‘जिन्दगी नै भन्दिन’ लगायतका गीत चर्चित छन् ।
बजारमा आठ वटा एल्बम ल्याइसकेका उनी गायक, सङ्गीतकार र रचनाकारका रुपमा नेपाली साङ्गीतिक क्षेत्रमा निरन्तर साधना गरिरहेका छन् ।
साँझ ६ बजे देखि सुरु हुने साङ्गीतिक कार्यक्रममा गायक पोखरेलसँगै स्थानीय कलाकार र समूहको प्रस्तुति रहनेछ ।
नेपाल, भारत, बंग्लादेश र पाकिस्तानका एक सय २३ स्टल अवलोकन गर्न सकिने एक्स्पोमा समिर श्रेष्ठ, छेवाङ लामा, राजेशपायल राई, आस्था राउत, दीपक लिम्बू र डिल्ली फोम्बोले आ–आफ्नो प्रस्तुति दिइसकेका छन् ।
सुनसरीको व्यवसायीक, व्यापारिक, औद्योगिक, कृषि र पर्यटन प्रवद्र्धनका लागि सञ्चालन भइरहेको एक्स्पो फागुन २० गतेसम्म आयोजना हुनेछ ।

प्रकाशित मिति: फाल्गुन १७ २०७९, बुधबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend