Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरान एक्स्पोमा सबिन राई प्रस्तुत हुँदै

हाम्रो कोशी आवाज
फाल्गुन १८ २०७९, बिहिबार
धरान एक्स्पोमा सबिन राई प्रस्तुत हुँदै

धरान । लोकप्रिय रक गायक सबिन राईले धरान एक्स्पोका आठौं दिन साङ्गीतिक प्रस्तुति दिने भएका छन् ।
आफ्नो ब्यान्ड ‘सबिन राई एन्ड द फारोह’सँग प्रस्तुत हुन लागेका राईका ‘तिमी नै हौ’, ‘गुराँसका फेद मुनि’, ‘सम्झन्छु’ ‘समर्पण’, ‘धन्यवाद’, ‘कोमल त्यो तिम्रो’, ‘सम्झनाहरुलाई अँगाल्दै’, ‘जाउँ कि बसुँ’, ‘नमुना’, ‘मलाई अँगाली देउ’, ‘म संसार जित्ने’ लगायत गीत चर्चित छन् ।
नेपाली ब्रयान एडम्सका रुपमा परिचित गायक राईले साङ्गीतिक बजारमा ६ एल्बम प्रकाशित गरिसकेका छन् । गायक राई तीन दशकदेखि गायक र रचनाकारका रुपमा निरन्तर नेपाली साङ्गीतिक क्षेत्रमा सक्रिय छन् ।
बेलुकी ६ बजेबाट प्रस्तुत हुने राईलाई स्थानीय कलाकार र समूहले साथ दिने एक्स्पोका संयोजक गोपाल श्रेष्ठले जानकारी दिएका छन् ।
धरान रङ्गशालामा फागुन ११ बाट सुरु भएको एक्स्पो फागुन २० गतेसम्म सञ्चालन हुनेछ ।
सुनसरी उद्योग वाणिज्य संघको आयोजनामा सञ्चालित एक्स्पोले सुनसरीको व्यवसायीक, औद्योगिक, कृषि, पर्यटन, शिक्षा, साङ्गीतिक, सूचना तथा प्रविधि क्षेत्रको प्रवद्र्धन गर्ने उद्देश्य राखेको छ ।

प्रकाशित मिति: फाल्गुन १८ २०७९, बिहिबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend