Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरान एक्स्पोको नवौं दिन ‘द इलिमेन्ट्स’ प्रस्तुत हुँदै

हाम्रो कोशी आवाज
फाल्गुन १९ २०७९, शुक्रबार
धरान एक्स्पोको नवौं दिन ‘द इलिमेन्ट्स’ प्रस्तुत हुँदै

धरान : पछिल्लो समय निकै रुचाइएको साङ्गीतिक समूह ‘द इलिमेन्ट्स’ धरान एक्स्पोको नवौं दिनमा प्रस्तुत हुने भएको छ ।
सन् २०२१ मा तीन जना मिलेर सुरु भएको द इलिमेन्ट्स नेपाली साङ्गीतिक क्षेत्रमा छोटो समयमा नै रुचाइएको ब्यान्ड हो ।
नेपाली इन्डी÷अल्टरनेट जर्नको साङ्गीतिक प्रस्तुति दिने इलिमेन्ट्सका ‘बिर्सिने हौ कि’, ‘पुतली’, ‘सीमाना’, ‘उर्जा’, ‘खोज’, ‘अपरिचित’ लगायतका गीत चर्चित छन् ।
इशान राज वोन्त, दिपेश गुरुङ र रौनकसिंह अधिकारी सम्मिलित द इलिमेन्ट्सले हालसम्म बजारमा सात वटा एल्बम ल्याइसकेको छ ।
‘द इलिमेन्ट्स’ मुख्य आकर्षण रहने एक्स्पोमा बेलुका ६ बजेबाट साङ्गीतिक कार्यक्रम सुरु हुने एक्स्पोका संयोजक गोपाल श्रेष्ठले जानकारी दिएका छन् ।
इलिमेन्ट्सलाई स्थानीय कलाकार र समूहले साथ दिने संयोजक श्रेष्ठले बताए ।
एक्स्पोमा यसअघि समिर श्रेष्ठ, छेवाङ लामा, राजेशपायल राई, आस्था राउत, डिल्ली फोम्बो, दीपक लिम्बू, सुगम पोखरेल र ‘सबिन राई एन्ड फारोह’ले आ–आफ्नो प्रस्तुति दिई सकेका छन् ।
सुनसरी उद्योग वाणिज्य संघको आयोजनामा फागुन ११ बाट धरान रङ्गशालामा सञ्चालन भइरहेको एक्स्पो फागुन २० गतेसम्म अयोजना हुनेछ ।
सुनसरीको व्यवसायीक, व्यापारिक, औद्योगिक, कुषि, सूचना तथा प्रविधि, शैक्षिक, पर्यटन क्षेत्रको प्रवद्र्धन गर्ने मुख्य उद्देश्य राखिएको एक्स्पोमा रैथाने, नेपाल, भारत, बंग्लादेश र पाकिस्तानका एक सय २३ स्टलका प्रदर्शनी जारी छ ।

प्रकाशित मिति: फाल्गुन १९ २०७९, शुक्रबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend