Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरान एक्स्पोमा आज यबेश थापाको सांगीतिक प्रस्तुति

हाम्रो कोशी आवाज
फाल्गुन २० २०७९, शनिबार
धरान एक्स्पोमा आज यबेश थापाको सांगीतिक प्रस्तुति

धरान: धरान रङ्गशालामा जारी धरान एक्स्पोको दशौं दिन (शनिबार) गायक यबेश थापाले साङ्गीतिक प्रस्तुति दिने भएका छन् ।
‘लाखौं हजारौं’बाट चर्चा बटुलेका गायक थापालाई नेपाली साङ्गीतिक क्षेत्रका राइजिङ स्टारका रुपमा चर्चा गर्ने गरिन्छ ।
सन् २०२० मा लाखौं हजारौंसहित नेपाली संगीतमा डेब्यू गरेका थापाले निकालेका सबै गीत रुचाइएका छन् ।
थापाका ‘ए मुटु’, ‘झरी’, ‘के हुन्छ भनेर’, ‘मायालु’, ‘मेरो प्रिय’, ‘अलपत्र’ लगायत गीत चर्चित छन् ।
पप जर्नलाई आफ्नो छुट्टै स्वादसहित प्रस्तुत गरिरहेका गायक थापालाई धरान एक्स्पोमा आज स्थानीय कलाकार र समूहले साथ दिने एक्स्पोका संयोजक गोपाल श्रेष्ठले जानकारी दिएका छन् ।
सुनसरी क्षेत्रको व्यवसायीक, कृषि, औद्योगिक, व्यवसायीक, साहित्य, शैक्षिक, सूचना तथा प्रविधि, पर्यटन क्षेत्रको प्रवद्र्धन गर्ने उद्देश्यसहित धरान रङ्गशालामा फागुन ११ बाट सुरु भएको एक्स्पोको आज औपचारिक समापन हुँदैछ ।
सुनसरी उद्योग वाणिज्य संघको आयोजनमा सञ्चालन भइरहेको एक्स्पोमा रैथाने, नेपाल, भारत, बंग्लादेश र पाकिस्तानका एक सय २३ स्टल अवलोकन गर्न सकिन्छ ।
एक्स्पोमा आउन धरानका पाँच स्थानबाट निःशुल्क बस सेवा उपलब्ध गराइएको छ भने एक्स्पो स्थलसम्म सञ्चालन हुने अटोको भाँडादरमा विशेष छुट प्रदान गरिएको छ ।
दिउँसो तीन बजेसम्म निःशुल्क प्रवेशको व्यवस्था गरिएको एक्स्पोमा दिउँसो तीन बजेदेखि पाँचसम्म प्रति टिकट ५० रुपैयाँ र पाँच बजेपश्चात्त टिकट दर दुई सय रुपैयाँ निर्धारण गरिएको छ ।

प्रकाशित मिति: फाल्गुन २० २०७९, शनिबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend