Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानको बुढासुब्बा गोल्डकपको उपाधि क्यामरुनको क्लबलाई

हाम्रो कोशी आवाज
फाल्गुन २० २०७९, शनिबार
धरानको बुढासुब्बा गोल्डकपको उपाधि क्यामरुनको क्लबलाई

धरानः धरानमा सम्पन्न २३ औं संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिताको उपाधि क्यामरुनको एभिनियर फुटबल क्लबले जितेको छ ।
उपाधिसँगै एभिनियरले नगद १० लाख रुपैयाँ जितेको छ । धरान रंगशालामा भएको फाइनल खेलमा झापाको काकडभिट्टा फुटबल ट्रेनिङ सेन्टर (केएफटिसी) लाई १–० गोल अन्तरले पराजित गर्दै एभिनियर च्याम्पियन भएको हो । उपविजेता भएको केएफटिसीले नगद ५ लाख पुरस्कार जितेको छ । पहिलो पटक बुढासुब्बा गोल्डक खेलेको एभिनियरले उपाधी जित्दा तेस्रो पटकमा फाइनलमा पुगेको केएफटिसी उपविजेतामा सिमित बन्यो ।
प्रतियोगिताको सर्वाेत्कृष्ट खेलाडी घोषित हुँदै केएफटिसीका मिलन राईले एक लाख पुरस्कार प्राप्त गरे । प्रतियोगिताको उच्च गोलकर्ता केएफटिसीका निशान लिम्बू घोषित हुँदै नगद २५ हजार पुरस्कार प्राप्त गरे । उनले प्रतियोगितामा ३ गोल गरेका थिए ।
त्यस्तै, प्रतियोगिताको बेष्ट कोच एभिनियरका आशिक थापा मगर, बेष्ट स्ट्राइकर केएफटिसीका यमि, बेष्ट मिड फिल्डर एभिनियरका जोय एल्डो, बेष्ट डिफेन्डर एभिनियरका सागु र बेष्ट गोल किपर एन्फा मोरङका प्रनिजय गच्छदार घोषित भएका थिए । उनीहरुलाई जनही नगद २५ हजार सहित मेडल र ट्रफि प्रदान गरिएको थियो ।
फाइनल खेलको म्यान अफ म्याच केएफटिसीका रिचार्ड विल्सन घोषित भए । उनलाई नगद १० हजार पुरस्कार प्रदान गरिएको थियो । ाइजिङ प्लेयर धरान फुटबल क्लबका १० हजार । प्रतियोगिताको राइजिङ प्लेयर धरान फुटबल क्लबका विनोद राई घोषित भए, उनलाई पनि नगद १० हजार पुरस्कार प्रदान गरिएको थियो । समापन समारोहका प्रमुख अतिथि एन्फा अध्यक्ष पंकजविक्रम नेम्वाङ, धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई साम्पाङ, धरान फुटबल क्लबका अध्यक्ष किशोर राई लगायतले पुरस्कार वितरण गरेका थिए ।
तस्वीरहरुः लक्ष्मण थापा

प्रकाशित मिति: फाल्गुन २० २०७९, शनिबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend