भेडेटारमा रोकिराखेको पिकअपमा गाँजा फेला, चालक भेटिएनन्
धरानः कारमा चेकजाँच गर्ने क्रममा गाँजा फेला परेको छ ।
वडा प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले धरान उपमहानगरपालिका–१३ बाट साँढे ४१ केजी गाँजासहित दुईजनालाई पक्राउ गरेको जनाएको छ ।
गाँजा ओसार भइरहेको भन्ने सूचना पाएसँगै तत्काल खटिएको प्रहरी टोलीले धनकुटाबाट धरानतर्फ आउँदै गरेको बा१३च २६८ नम्बरक कारलाई रोकेर चेकजाँच गर्ने क्रममा कारभित्र लुकाइछिपाइ राखिएको अवस्थामा गाँजा बरामद भएको प्रहरीले जनाएको छ ।
कारबाट गाँजा बरामद भएसँगै कार चालक धरान–१६ का ४० वर्षीय सुकेन्द्र लिम्बू र कारमा सवार रहेका धनकुटा पाख्रीबास–९ धनकुटा घर भई धरान–१७ बस्दै आएका २८ वर्षीय नविन राईलाई समेत पक्राउ गरेको प्रहरीले जनाएको छ ।
यसैगरी धनकुटाको साँगुरी गढी गाँउपालिका–८ बाट १०६ केजी गाँजा बरामद भएको छ । इलाका प्रहरी कार्यालय भेडेटारबाट खटिएको प्रहरी टोलीले सडकमा रोकी राखेको को१ज १८११ नम्बरको पिकअपलाई चेकजाँच गर्ने क्रममा पिकअपबाट १०६ केजी गाँजा बरामद भएको थियो । पिकअपमा चालक नभएको हुँदा खोजतलास भइरहेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।