Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानको युनाइटेड गोर्खा एकेडेमीको अभिभावक दिवस र पुरस्कार वितरण

हाम्रो कोशी आवाज
फाल्गुन २१ २०७९, आइतबार
धरानको युनाइटेड गोर्खा एकेडेमीको अभिभावक दिवस र पुरस्कार वितरण

धरानः धरान–१५ स्थित युनाइटेड गोर्खा एकेडेमीको १० औ अभिभावक दिवस आइतबार सम्पन्न भएको छ ।
विद्यालयको प्राङ्गणमा भएको कार्यक्रममा कोशी प्रदेशसभाका सांसद रमेशकुमार बस्नेत प्रमुख अतिथी थिए । शिक्षा क्षेत्रको विकासमा निजी विद्यालयको ठूलो योगदान रहेको प्रमुख अतिथि बस्नेतले बताए ।
अभिभावकहरुले आफ्ना छोरा छोरीहरुलाई विद्यालयमा लगाएर मात्रै जिम्मेवारी पूरा नहुने बस्नेतले बताए । आफ्ना छोराछोरीहरु विद्यालय गए, गएनन, चालचलन अनुशासन के कस्तो छ, पढाइ कस्तो छ आदिबारे समय समयमा विद्यालयमा गएर बुझ्न सांसद बस्नेतले अभिभावकहरुलाई सुझाए ।
सांसद बस्नेतले विद्यार्थीहरुले प्रस्तुत गरेको प्रतिभाको प्रशंसा गरे । विद्यालयकी पूर्व विद्यार्थी पासाङ ल्हामु शेर्पाले युनाइटेड गोर्खा एकेडेमीले गुणस्तरीय शिक्षा प्रदान गरेकै कारण देशभरका हजारौं विद्यार्थीहरुसँग प्रतिष्पर्धा गरेर बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बिएस्सी नर्सिङमा नाम निकाल्न आफू सफल भएको बताइन् ।
विद्यालयमा विभिन्न विधामा उत्कृष्ट विद्यार्थीहरलाई पुरस्कार वितरण गरिएको थियो । कार्यक्रममा विद्यार्थीहरुले आकर्षक नृत्य, सन्देशमूलक नाटक र गीत प्रस्तुत गरे । त्यस्तै, विद्यालयका शिक्षिकाहरुले समेत आकर्षक नृत्य प्रस्तुत गरे । विद्यार्थीहरुको विभिन्न प्रतिभाहरुलाई प्रष्फुटन गराउने उद्देश्यले अभिभावक दिवस कार्यक्रमको आयोजना गरिएको विद्यालयका प्रीन्सिपल पेम्बा शेर्पाले बताए ।
विद्यालयका अध्यक्ष नारायणप्रसाद राईको अध्यक्षतामा भएको कार्यक्रममा एन–प्याब्सन धरानका अध्यक्ष भगत लिम्बू, प्याब्सन धरानका अध्यक्ष राजकुमार लिम्बूलगायतको उपस्थिति थियो । कार्यक्रमको सञ्चालन छात्राद्वय आर्जु कुलुङ र फुर्वादिकी शेर्पाले गरेका थिए । कार्यक्रममा अभिभावकहरुको समेत उल्लेख्य मात्रामा उपस्थिति थियो ।
तस्वीरहरुः तिर्थ कार्की

प्रकाशित मिति: फाल्गुन २१ २०७९, आइतबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend