Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानमा बास्केटबल प्रतियोगिता शुरु, बिजेताले एक लाख बढी पाउने

हाम्रो कोशी आवाज
फाल्गुन २२ २०७९, सोमबार
धरानमा बास्केटबल प्रतियोगिता शुरु, बिजेताले एक लाख बढी पाउने

धरानः ७ औं संस्करणको राष्ट्रिय हराइजन रनिङ कप बास्केटबल आईतबारदेखि शुरु भएको छ ।
धरान–१७ स्थित श्री माविको खेल मैदानमा शुरु प्रतियोगितामा आयोजक टिम हराइजन क्लबले विजयी सुरुवात गरेको छ ।
आयोजकले ज्याकवट क्लब झापालाई ४४ का विरुद्ध ७२ स्कोरले पराजित गरेको छ । प्रतियोगितामा सर्वाधिक १९ स्कोर गरेका आयोजकका प्रविन मगर म्यानअफ द म्याच भए । आजको खेल विभागीय टिम नेपाल पुलिस क्लब र हलिल्याण्ड इन्टरनेशनल कलेज धरानबीच हुनेछ । फागुन २७ गतेसम्म चल्ने प्रतियोगिताको उपाधि बिजेताले नगद १ लाख ११ हजार र उपविजेताले ५५ हजार पाउनेछ ।
प्रतियोगितामा दुई विभागीय सहित ८ टिमको सहभागिता छ । २०६९ सालदेखि शुरु भएको हराइजन रनिङ कप बास्केटबल काठमाण्डौ उपत्यका बाहिर सञ्चालन हुँदै आएको नेपालको पहिलो बास्केटबल प्रतियोगिता हो । खेलको उद्घाटन धरान–१७ का वडाध्यक्ष मनोज भट्टराई (सूर्य) गरेका थिए । कार्यक्रममा हराईजन क्लबका अध्यक्ष भक्त राई, क्लबकै पूर्व अध्यक्ष वसन्त राई र पत्रकार महासंघ सुनसरीका अध्यक्ष जनकऋषि राईलगायत उपस्थिति रहेको थियो ।
तस्वीरः लक्ष्मण थापा

प्रकाशित मिति: फाल्गुन २२ २०७९, सोमबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend