Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानमा एक्ट्रा र विन्दास अनि उल्लासमय होली (५५ तस्वीर र भिडियोसहित)

हाम्रो कोशी आवाज
फाल्गुन २३ २०७९, मंगलबार
धरानमा एक्ट्रा र विन्दास अनि उल्लासमय होली (५५ तस्वीर र भिडियोसहित)

धरानः धरानमा होलीको उल्लास छाएको छ । बिहानैदेखि युवायुवती, वृद्धवृद्धा होलीको उल्लासमा झुमिरहे ।
यसपटक दिल खोलेर होलीमा रमाउन पाएको धरान–१० की झुमा राईले बताइन् । ‘खासमा भन्ने हो भने यसपटक भानुचोक, छातोचाकलगायत अन्य चोकचोकमा पनि युवापुस्ताको जमघट रह्यो’, उनले थपिन्, ‘त्यस्तै, भानुचोकमा आयोजना भएको कन्सर्टलगायत अन्य साङ्गीतिक कार्यक्रम कम भएकोले पनि युवापुस्ताको उपस्थिति धेरै रह्यो, जे होस् यस वर्ष एक्ट्रा र विन्दास होली उल्लासमय रह्यो ।’
अधिकांश धराने युवापुस्ता, बालबालिका र वृद्धवृद्धाले यसपटक होली खुलेरै मनाए । उमङ्ग र उल्लासका साथ मनाइने रङ्गको पर्व होली धरानमा यसपटक भने धेरै रसिलो बनेको युवापुस्ताको भनाइ छ । ‘यसपटकको होली धेरै रसिलो छ’, धरान–१६ की झरना लिम्बूले भनिन्, ‘जे होस् दिल खोलेरै मनाइयो ।’
भानुचोकमा नियाल्दा युवापुस्ताहरुको जमघट बढी थियो । अन्य चोकमा पनि युवापुस्ता धेरै हिँडिरहेका थिए । युवापुस्ताका लागि होली रसिलो नै बनेको थियो । युवापुस्ताहरू भानुचोक, छाताचोकलगायत भित्री सडकमा पनि यत्रतत्र होली खेल्दै गरेको अवस्थामा भेटिएका थिए ।
यसपटक भानुचोकमा होलीका दिन पैदलै छिचोल्न समेत हम्मेहम्मे भयो । सयौं युवापुस्ता नाच्न र रमाइलो गर्न लाइन लागे । यसपटकको होली विन्दास पाराको बनेको धरान–१३ की नियति लिम्बूले बताइन् । यसैबीच धरानमा मेयर हर्कराज राई साम्पाङको तस्वीर अंकित टिसर्ट बढी बिक्री भएको व्यवसायीहरुले बताएका छन् । व्यवसायीका अनुसार काठमाडौंका मेयर बालेन शाह, मेयर साम्पाङलगायत ह्याप्पी होली लेखिएका टिसर्ट बजारभरी थिए । तस्वीरहरुः हाम्रो कोशी आवाज

प्रकाशित मिति: फाल्गुन २३ २०७९, मंगलबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend