Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानमा आफ्नो बुबाको पुण्यतिथिमा विद्यार्थीलाई कापी, कलम र पोशाक

हाम्रो कोशी आवाज
फाल्गुन २६ २०७९, शुक्रबार
धरानमा आफ्नो बुबाको पुण्यतिथिमा विद्यार्थीलाई कापी, कलम र पोशाक

धरानः मास्टर स्व. चक्रबहादुर पालुङवाको ८९ औं जन्म जयन्तिको अवसरमा बिहीबार विद्यार्थीहरुलाई शैक्षिक सामग्री र पोशाक वितरण गरिएको छ ।
स्व. चक्रबहादुर फाउन्डेसनले धरान–१९ स्थित किरातेश्वर माविमा अध्ययनरत विद्यार्थीहरुलाई एक कार्यक्रमको आयोजना गरी सो सामग्री वितरण गरेको हो । विद्यार्थीहरुलाई कार्यक्रमका प्रमुख अतिथी धरान उपमहानगरपालिका वडा नम्बर –१९ का वडाध्यक्ष पूर्ण लिम्बू, समाजसेवी सरस्वती सुब्बा, विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष देउमान लिम्बू, विद्यालय ब्यवस्थापन समितिका सदस्य जेनिसा राईलगायतले पोशाक र शैक्षिक सामग्री वितरण गरे ।
फाउन्डेसनका सल्लाहकार एवम् स्व.चक्रबहादुरका छोरा केपी पालुङवाले बुबाको नाममा अहिलेसम्म उल्लेख्य काम गर्न नसकेपनि आगामी दिनमा ओजिलो काम गर्ने बताए । बुवाको १०० वर्षको स्मृतिमा विशेष कार्यक्रम गरेर मनाइने फाउन्डेसनका सल्लाहकार पालुङ्वाले बताए ।
कापी, कलमको अभावमा पढ्नबाट बन्चित बिद्यार्थीहरुको लागि गरिएको यस्तो सहयोगले पढाइमा थप टेवा पुग्ने कार्यक्रमका प्रमुख अतिथी वडाध्यक्ष पूर्ण लिम्बूले बताए । विपन्न तथा जेहेन्दार विद्यार्थीहरुलाई थोरै भएपनि राहत पुगोस् भन्ने उद्देस्यले सहयोग गरिएको फाउन्डेसनका अध्यक्ष स्व.चक्रबहादुरका छोरा) एवम किरातेश्वर माविका प्रधानाध्यापक डा. योगेन्द्र पालुङवाले बताए ।
भानु माविका शिक्षक ओम रिमालले स्व. चक्र बहादुर पालुङवाले पुरयाएको योगदानको चर्चा गर्दै सन्देसमुलक गीत समेत प्रस्तुत गरे । कार्यक्रममा शिक्षक अभिभावक सङ्घका अध्यक्ष दसरथ थलङ, सदस्य ज्ञानु धिताल लगायतको उपस्थिती थियो । तस्वीरः तिर्थ कार्की

प्रकाशित मिति: फाल्गुन २६ २०७९, शुक्रबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend