Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानको पानबारीमा आँखा शिविर

हाम्रो कोशी आवाज
फाल्गुन २९ २०७९, सोमबार
धरानको पानबारीमा आँखा शिविर

धरानः धरानको पानबारीमा निःशुल्क आँखा शिविर सम्पन्न भएको छ ।
सूर्य आई केयर सेन्टर धरानको प्राविधिक सहयोगमा गत शनिबार सो शिविर आयोजना भएको हो । श्री कृष्णप्रणामी युवा परिषद्, धरान–६ को आयोजनामा एवम् श्री कृष्ण प्रणामी युवा समाजको सहयोगमा सम्पन्न सो शिविरमा १२८ जनाको आँखा परीक्षण गरिएको परिषद्का अध्यक्ष गौरव आचार्यले बताए ।
कृष्ण प्रणामी मन्दिर, पानबारी परिसरमा आयोजना गरिएको शिविरमा १३ जना बिरामीको आँखामा मोतिविन्दु देखिएको सूर्य आई केयरका प्रबन्ध निर्देशक तथा आँखा रोग विशेषज्ञ डा. इच्छा जोशी सोनीले बताइन् । डा. सोनीका अनुसार आँखामा रोगको उपचार गर्नुभन्दा पनि रोग लाग्न नदिन जनचेतना जगाउन आवश्यक रहेको बताएकी छिन् ।
शिविरमा निःशुल्क सुगर परीक्षण, ब्लड प्रेशर जाँच, औषधि वितरण समेत गरिएको थियो । शिविर सामाजिक अभियन्ता विष्णु बराल, मोहन श्रेष्ठको संयोजनमा भएको थियो । ग्रामीण भेगमा आयोजित शिविर स्थानीय जनसमुदायका लागि निक्कै नै प्रभावकारी भएको श्री कृष्ण प्रणामी युवा समाज सुनसरीका अध्यक्ष प्रमोद आचार्यले बताए । आचार्यका अनुसार समाजले स्थानीयस्तरमा समुदायमा लक्षित गरी विभिन्न कार्यक्रमहरु आयोजना गर्दै आइरहेको छ ।

प्रकाशित मिति: फाल्गुन २९ २०७९, सोमबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend