सँगै सवार युवा घाइते, बसको ठक्करले र ट्रयाक्टरले किचेर मृत्यु
धरानः दुर्घटनामा धरान–१५ की युवतीको मृत्यु भएको छ ।
ट्रकको ठक्करले घाइते युवतीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
इटहरी उपमहानगरपालिका–२० कोशी लोकमार्गमा ना६ख १७२४ नम्बरको ट्रकले बा९४प ७१६० नम्बरको मोटरसाईकललाई ठक्कर दिँदा घाइते भएका मोटरसाइकल चालक खोटाङ केपिलासगढी गाउँपालिका–७ का २९ वर्षीय निशान राई र मोटरसाइकल पछाडि सवार धरान–१५ कि २४ वर्षीया जेनिशा राई गम्भीर घाइते भएका थिए । उपचारको क्रममा जेनिसाको मृत्यु भएको प्रहरीले जनाएको प्रहरीले जनाएको छ ।
त्यस्तै, सुनसरीको दुहबी नगरपालिका–८ कोशी लोकमार्गमा ध१ख ६४७ नम्बरको बसले बाटो काट्दै गरेको पैदलयात्री सर्लाही मलङगवा–७ घई भई पशुपति आइरन फ्याक्ट्रीमा काम गर्दै आएका २८ वर्षीय रविन्द्र महरालाई ठक्कर दिँदा घाइते भएका महराको उपचारको क्रममा विराट नर्सिङ होम विराटनगरमा मृत्यु भएको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।
उता धनकुटाको महालक्ष्मी नगरपालिका–४ स्थित मुढे–लेगुवा सडक खण्डमा को२त ७३६ नम्बरको खाली ट्याक्टर अनियन्त्रित भई सडकको भित्तामा ठोक्किइ दुर्घटना हुँदा चालक संखुवासभा मादी नगरपालिका–९ का ३० बर्षीय गुणन विश्वर्काको घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ ।