Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानमा मिस्टर कोशीको तयारी

हाम्रो कोशी आवाज
चैत्र १ २०७९, बुधबार
धरानमा मिस्टर कोशीको तयारी

धरानः एलाइनेट जीमको आयोजनामा चैत्र ३ र ४ गते हुन लागेको चौथो मिस्टर कोशी खुल्ला शारीरिक सुगठन प्रतियोगिताको तयारी पूरा भएको छ ।
प्रतियोगितामा कोशी प्रदेशका जिल्लाहरुबाट करिब ५० जना खेलाडीहरुले सहभागिता जनाउने आयोजकले बुधबार पत्रकार सम्मेलन आयोजना गरी जानकारी दिएको छ ।
प्रतियोगिताका बिजेताले नगद एक लाख १० हजार र ५० हजार बराबरको फिटनेस गिफट हयाम्पर, दोस्रोले नगद ५० हजार, तेस्रोले ४० हजार, चौथोले ३० हजार, पाँचौले २० हजार र छैठौले १५ हजार नगद, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । यसैगरी व्यक्तिगत विधातर्फ वेस्ट पोजर, मोस्ट इम्पु्रभमेन्ट वडी, मस्कुलर मेन र वेस्ट टिम क्लबको उपाधि बिजेताले जनहि नगद ५ हजार, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।
चैत्र ३ गते प्रतियोगिताको प्रि–जजिङ राउण्ड हुने र ४ गते प्रि–जजिङबाट छनौट भएकाहरुले प्रतिस्पर्धा गर्ने आयोजक एलाइनेट जिमका अध्यक्ष विक्रम लिम्बूले जानकारी दिए । प्रतियोगितामा ५५ केजी, ६० केजी, ६५ केजी, ७० केजी, ७५ केजी र ८० केजी तौल समूह रहेको छ । प्रि–जजिङमार्फत प्रत्येक तौल समूहबाट ६ जना खेलाडी फाइनल राउण्डमा प्रवेश गर्दै प्रतिस्पर्धा गर्नेछ ।
प्रतियोगिता धरान–८ स्थित धरान सभागृहमा हुने भनिएता पनि प्राविधिक कारणले धरान–१३ स्थित अमर सेवा समाजको हलमा हुने भएको छ ।
चौथो मि. कोशी एलाइनेट जिमको २० औ प्रस्तुति हो । यसअघि एलाइनेटले चार वटा राष्ट्रिय, ७ वटा मिटर पूर्वाञ्चल, ३ वटा मि. कोशी, ४ वटा मि. धरान र १ वेन्चप्रेस च्याम्पियनसीप आयोजना गरिसकेको छ । एलाइनेट जिमको आयोजनामा २०६५, २०६६ र २०६७ सालमा मि. कोशीको आयोजना भइसकेको छ । ०६५ र ०६६ मा उर्लाबारीका विकास धिमाल र ०६७ मा धरानका मिलन चाम्लिङले उपाधि जितेका थिए ।

प्रकाशित मिति: चैत्र १ २०७९, बुधबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend