धरानः धरानमा अध्ययरत् एक छात्राले नेपाल ‘सेकेण्ड टप’ गर्न सफल भएकी छिन् ।
धरान–१६ स्थित युएन, नवोदय कलेजमा अध्ययनरत् छात्रा करुणा राईले नेपाल सेकेण्ड टप गर्न सफल भएकी हुन् ।
उनले त्रिभुवन विश्व विद्यालयद्वारा सञ्चालित होटल म्यानेजमेन्टअन्तर्गत बिएचएम पहिलो सेमेस्टरको अन्तिम परीक्षामा नेपाल सेकेन्ड हुन सफल छात्रा करुणालाई बुधबार कलेजले सम्मान गरेको छ । कलेज परिसरमा अभिभावककै उपस्थितिमा उनलाई सम्मान गरिएको हो । करुणाले बिएचएम पहिलो सेमेस्टरमा ३ दशमलव ९२ जिपिए प्राप्त गरेकी थिइन् । उनलाई कलेजले नगद ३५ हजारसहित सम्मान गरिएको छ । कलेजका अध्यक्ष ज्ञानेश्वर झा र क्याम्पस प्रमुख डम्बरकुमार तुम्बापोले उनलाई नगद र सम्मान–पत्रले सम्मान गरेका थिए ।
त्यस्तै, कार्यक्रममा उनीसहित अन्य छात्रछात्रालाई पनि सम्मान गरिएको थियो । सम्मानित हुने विद्यार्थीहरुमा सेमेस्टर दोश्रो तथा कोशी प्रदेश तेश्रो हुने रोहन लिम्बू रहेका छन् । रोहनले ३ दशमलव ८७ जिपिए प्राप्त गरेका छन् भने कोशी प्रदेश तेस्रो हुने इशु लिम्बू र सन्ध्या लिम्बुले ३ दशमलव ८२ जिपिए प्राप्त गरेका छन् । कार्यक्रममा अध्यक्ष झा, क्याम्पस प्रमुख तुम्बापो, अध्यापकहरु राम लिम्बू, अनिमेस बाँस्तोला, सिर्जना लिम्बूलगायतले मायाको चिनो र खदाले सम्मान गरे ।
युएन, नवोदय कलेजले स्थापनाकालदेखि नै होटल म्यानेजमेन्टअन्तर्गत प्लस टु र बिएचएममा प्रदेश टप गर्दै आएको क्याम्पस प्रमुख तुम्बापोले बताए । प्रदेश टप गर्ने संस्कारलाई करुणाले अक्षुण्य राख्दै केन्द्रसम्म जोड्न सफल भएकोमा क्याम्पस प्रमुख तुम्बापोले बधाई दिए ।
कलेजका अध्यक्ष झाले बधाई दिदै थप शैक्षिक सफलताको लागि शुभकामना दिए । कलेजका होटल म्यानेजमेन्ट कोअर्डिनेटर गगनमान श्रेष्ठले करुणाले कलेजको मात्र नभएर कोशी प्रदेसकै नाम राख्न सफल भएको बताउँदै बधाई दिए ।
यसअघि पनि युएन, नवोदय कलेजका अध्ययनरत विद्यार्थीहरुले नेपाल सेकेण्ड टप र कोशी प्रदेश टप गर्दै आएका छन् ।




