Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानमा ‘यक्पुङ’ चलचित्रको छायांकन सकिएको जानकारी दिइयो

हाम्रो कोशी आवाज
चैत्र २ २०७९, बिहिबार
धरानमा ‘यक्पुङ’ चलचित्रको छायांकन सकिएको जानकारी दिइयो

धरानः नेपाली कथानक चलचित्र युक्पुङ (बस्ती) को छायाङ्कन सम्पन्न भएको छ ।
धरानमा आयोजित पत्रकार सम्मेलनमा सो जानकारी दिइएको हो । चलचित्र ‘याक्थुङ यक्पुङ’ भित्र संघर्षरत् एउटी अविवाहित नारी पात्रको कथालाई मौलिक सांस्कृतिक धरातलमा खिपेर पर्दामा उतारिएको निर्माण पक्षले जनाएको छ ।
केएमडि अर्गानिक इन्टरटेन्टमेन्ट प्रालिको पहिलो प्रस्तुति रहेको चलचित्र पारिवारिक दायित्व बहन गर्ने क्रममा आफ्नो यौवन अवस्थालाई तिलान्जली दिन पुगेकी पात्र हाङमतीको जीवनमा एउटा पुरुष पात्रको प्रवेशका कारण सिर्जित संघर्ष र अन्तरद्वन्द्वको कथालाई चलचित्र ‘यक्पुङ’ ले उजागर गर्ने प्रयास गरेको चलचित्रका कलाकार निर्देशक तथा गायक कुशल थलङले बताएका छन् ।
चलचित्रकर्मी संघ नेपालका अध्यक्ष एवं सिनेकर्मी नवीन मेन्याङ्बोले शुभकामना दिने क्रममा कोरोना संक्रमणले पछाडि पारेको नेपाली चलचित्रहरुमा हालमा अग्रता लिने क्रममा पूर्वका मौलिक सांस्कृतिकमा आधारित बनेका यस्ता चलचित्रले एउटा इँटा थप्ने काम गरेको बताए ।
चलचित्रको छायांकन तेह्रथुम वडा नं. ९ साब्ला गाउँमा ८० प्रतिशत भएको छ भने वसन्तपुरको चोत्लुङ पार्कमा २० प्रतिशत छायांकन गरिएको निर्देशक थलङले जानकारी दिए । उनका अनुसार सो चलचित्र ५० लाख रुपैयाँको लागतमा निर्माण भएको छ ।
चलचित्रमा मुख्य नायिका कमला सेन्दाङ, कुशल थलङ, कविता आले, यासेली चोङ्हाङ, मिराक लिम्बू, डिबी लिम्बू, तेज आङबुहाङ, पुष्प वनेम, हिमाल लेछर्बो, सुमन नेम्वाङ, देउमान पालुङवा, नुनाम केरुङ, सासर केरुङ, प्रेम ओझा, कुमार ढकाल, टिआर सेनेहाङ र विनु तुम्बाहाम्फे आदि लगायतले अभिनय गरेका छन् ।
दिनेश माङ्मुको कथा निर्देशनमा तयार भएको चलचित्रमा विष्णु मोक्तान र मदन वनेमको पटकथा रहेको छ । चलचित्रको निर्माणमा नरकुमारी वनेम (शेनदाङ) , दिलु पाङ्मा लिम्बू र इन्दु लावती रहेका छन् भने सहनिर्मातामा तेज आङ्बुहाङ, पूष्पा वनेम, हिमाल लेछर्बो, ममता यक्सो र सुमन नेम्वाङ रहेका छन् । कला निर्देशक याङ मुकारुङ, गीत सँगितमा मदन वनेम र मनु नेङवाङ रहेको कलाकार संगीता लावतीले जानकारी दिइन् ।
पोष्ट प्रोडक्सनमा रहेको चलचित्र दशैं–तिहारको अवसरमा प्रदर्शन गर्ने तयारी भइरहेको सह निर्माता एवं कलाकार तेज आङ्गबुहाङ्गले दिएकाछन ।
तस्वीरः लक्ष्मण थापा

प्रकाशित मिति: चैत्र २ २०७९, बिहिबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend