Hamro Koshi Aawaj

सोमबार, कार्तिक १६ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

नवोदय स्कुलले अभिभावकका लागि राख्यो निःशुल्क स्वास्थ्य शिविर, २ सय ५० बढी लाभान्वित

हाम्रो कोशी आवाज
चैत्र ५ २०७९, आइतबार
नवोदय स्कुलले अभिभावकका लागि राख्यो निःशुल्क स्वास्थ्य शिविर, २ सय ५० बढी लाभान्वित

धरानः धरान-१६ अन्नपूर्ण चोकस्थित नवोदय विद्या मन्दिर सेकेन्डरी बोर्डिङ स्कुलले शनिबार निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ ।
नयाँ सुविधा सम्पन्न भवनमा स्कुल सरेपछि पहिलोपटक एक कार्यक्रमको आयोजना गरी विद्यालयले निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको हो । युनिभर्सल पिस फेडेरेसनको संयोजन र सूर्य आई केयर धरानको प्राविधिक सहयोगमा भएको कार्यक्रममा धरान उपमहानगरपालिका वडा नम्बर १६ का वडा अध्यक्ष मुरारी भट्टराई प्रमुख अतिथि थिए ।
स्वास्थ्य शिविरमा निःशुल्करुपमा आँखा जाँच गर्नुका साथै सुगर र प्रेसर परीक्षण गरिएको थियो । आँखाको औषधि समेत निःशुल्क वितरण गरिएको थियो । शिविरमा विद्यालयका अभिभावक र स्थानीयबासी गरस् २५० जनाले लाभ लिएको युएन नवोदय हेल्पिङ ह्यान्डका संयोजक राम लिम्बूले जानकारी दिए ।
विद्यार्थीको मात्र नभएर अभिभावकको पनि स्वास्थ्य राम्रो हुन आवश्यक रहेको प्रमुख अतिथि वडाध्यक्ष भट्टराईले बताए । ‘स्वास्थ्य नै धन हो’ भन्ने अभिप्रायले शिविरको आयोजना गरिएको स्कुलका प्रिन्सिपल एवम् युएन कलेजका क्याम्पस प्रमुख डम्बरकुमार तुम्बापोले जानकारी दिए ।
आगामी दिनमा नियमितरुपमा विद्यार्थीहरुको साप्ताहिक र मासिक स्वास्थ्य परीक्षण गराइने प्रिन्सिपल तुम्बापोले जानकारी दिए । अभिभावक मोतिबहादुर श्रेष्ठले आफ्ना छोराछोरी पढ्ने स्कुलमा राखेको स्वास्थ्य शिविराट लाभ लिन पाउँदा खुशी लागेको बताए । त्यस्तै, आजकलको दैनिकी ब्यस्त भएको हुँदा स्कुलमै स्वास्थ्य शिविर राख्नु सह्रानीय काम भएको अर्का अभिभावक नविन इवा लिम्बूले जानकारी दिए ।

प्रकाशित मिति: चैत्र ५ २०७९, आइतबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend