धरानः धरान–१० स्थित युएन स्कुलको वार्षिकोत्सव तथा पुरस्कार वितरण कार्यक्रम बुधबार सम्पन्न भएको छ ।
विद्यालयको प्राङ्गणमा आयोजित कार्यक्रमका प्रमुख अतिथि त्रिभुवन विश्वविद्यालयका सह–प्राध्यापक ज्ञानेश्वर झा थिए । कार्यक्रममा वार्षिक परीक्षा र वर्षभरी भएका विभिन्न अतिरिक्त क्रियाकलापमा उत्कृष्ट विद्यार्थीलाई पुरस्कार तथा प्रमाण-पत्र वितरण गरिएको थियो ।
पुरस्कृत विद्यार्थीहरुलाई कार्यक्रमका प्रमुख अतिथि झा, स्कुलका निर्देशक डम्बरकुमार तुम्बापो, प्रिन्सिपल स्वर्ण सम्वाहाम्फे, स्कुलका प्रोमोटर रामबहादुर लिम्बूलगायतले पुरस्कार वितरण गरेका थिए ।
विद्यालयका प्रिन्सिपल स्वर्ण सम्वाहाम्फेले वार्षिक गतिविधिहरु प्रस्तुत गर्नुका साथै विद्यालयको भावी योजनाको बारेमा जानकारी गराएका थिए ।
कार्यक्रमका प्रमुख अतिथि झाले स्कुलका शिक्षक–शिक्षिकाले विद्यार्थीहरुको अध्ययन अध्यापनदेखि लिएर हरेक कुरामा गरेको मिहिनेतको खुलेर प्रशंसा गरे । स्कुलका निर्देशक तुम्बापोले विद्यार्थीहरुलाई गुणस्तरीय शिक्षामा जोड दिँदै जाने बताए । युएन स्कुलले गुणस्तरीय शिक्षा प्रदान गर्नुका साथै विद्यार्थीहरुको सर्वाङगीण विकासमा समेत विशेष जोड दिइने निर्देशक तुम्बापोले बराए । विद्यार्थीहरुले आकर्षक नृत्य, गीत, राइम्सलगायत प्रस्तुत गरी अभिभावकहरुलाई मनोरन्जन प्रदान गरेका थिए ।





