Hamro Koshi Aawaj

सोमबार, कार्तिक १६ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानको युएन, नवोदय कलेज ११ औं वर्षमा प्रवेश, स्वागत तथा विदाइसँगै पुरस्कार वितरण

हाम्रो कोशी आवाज
चैत्र ३० २०७९, बिहिबार
धरानको युएन, नवोदय कलेज ११ औं वर्षमा प्रवेश, स्वागत तथा विदाइसँगै पुरस्कार वितरण

धरानः धरान-१६ स्थित युएन, नवोदय कलेजको ११ औं वार्षिकोत्सव सम्पन्न भएको छ ।
कलेजको ११ औं वार्षिकोत्सवसँगै स्वागत तथा विदाइ कार्यक्रम पनि आयोजना भएको थियो । राष्ट्रिय परीक्षा बोर्ड कोशी प्रदेशका निर्देशक युवराज पौडेलको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा कक्षा–११ का विद्यार्थीलाई स्वागत र कक्षा–१२ र बिबिएस चौथो वर्षका विद्यार्थीलाई विदाइ गरिएको थियो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि बोर्डका निर्देशक पौडेलले युएन, नवोदय कलेज ‘ब्राण्ड’ कलेजको रुपमा स्थापित भएको भन्दै प्रशंसा गर्दै कलेजको प्रतिष्ठालाई कायम राख्न थप मिहिनेतका साथ अघि बढ्न सुझाए । विशेष अतिथि धरान–१५ का वडाध्यक्ष नरेशकुमार इवारमले युएन, नवोदय कलेज धरानमा ‘टप’ कलेजका रुपमा स्थापित भएको बताए । उनले कलेजका विद्यार्थीको नतिजाले पनि ‘टप’ कलेजमा पर्न सफल भएको बताए । उनले युएन, नवोदय कलेजले रोजगारमूलक शिक्षा प्रदान गर्दै नमूना कलेजका रुपमा स्थापित भइसकेको समेत बताए । उनले कलेजले अझै केही गर्न बाँकी रहेको बताउँदै हौसिएर नभई परिणाममुखी काम गर्दै जान सुझाए । ‘हौसिएर हुँदैन, परिणामतः एकछिन राम्रो होला तर त्यसले अन्ततः असर नै गर्छ, त्यसैले हौसिएर नभई परिणाममुखी काम गर्नुहोस् ।’ उनले सुझाए ।
कलेजका म्यानेजिङ डाइरेक्टर, चेयरमेन त्रिविका एशोसिएट प्रोफेसर ज्ञानेश्वर झाले कलेजले आफूहरुले सकेअनुसारको कोसिस गरिरहेको बताए । उनले कलेजले गुणस्तरीय शिक्षासँगै रोजगारमूलक शिक्षामै बढी जोड दिइरहेको बताए । उनले कलेजले पठनपाठन, विद्यार्थीको व्यक्तित्व विकासका लागि विविध क्रियाकलापहरु गराइरहेको समेत बताए ।
क्याम्पस प्रमुख डम्बरकुमार तुम्बापोले युएन, नवोदय कलेजका विद्यार्थीले उत्कृष्ट नतिजा ल्याइरहेको बताउँदै देशभरीमा ‘सेकेण्ड टप’ र वर्षेनी ‘कोशी प्रदेश टप’ गर्न सफल भइरहेको बताए । उनका अनुसार कलेजमा होटल म्यानेजमेण्ट, म्यानेजमेण्ट, बिबिएस, बिएचएम साथै विज्ञान सङ्कायमा पठनपाठन हुँदै आएको छ ।
कार्यक्रममा म्यानेजमेण्टतर्फ स्वस्तिका थापा मगर, होटल म्यानेजमेण्टतर्फ प्रभा श्रेष्ठ, विज्ञानतर्फ कुशल दाहाल, बिबिएसतर्फ दिलमान राईलाई ‘वेष्ट स्टुडेण्ट अफ दि इयर’ घोषित गरिएको थियो । उनीहरुलाई पुरस्कृत समेत गरिएको थियो ।
कार्यक्रममा नियमित कक्षामा उपस्थित इशा राई, दर्पण राई, नमाफुङ मादेम्बा, सिकुमाहाङ लिम्बू, त्रिसना करला, सलिना अधिकारी, स्मृति चाम्लिङ राई, अप्सरा लेवा, विनिता खड्का, सोनिया अधिकारी, विनम श्रेष्ठ, तेमुक्षा लिम्बूलाई पुरस्कृत गरिएको थियो । यस्तै, वेल ग्रुमिङ छात्रछात्रा रिसव राई, सगुन लिम्बू, वेष्ट हस्पिटालिटी बुद्ध तामाङ, रोशनी राई, मोष्ट डिसिप्लिन अमित राई, स्नेहा ठकुरी, कोअपरेटिम दीपेन भण्डारी, त्रिसला श्रेष्ठ, सोसियल वर्कर दीक्षा मगरलाई पुरस्कृत गरिएको थियो ।
होटल म्यानेजमेण्ट कोअर्डिनेटर गगनमान श्रेष्ठ र बिबिएस दोस्रो वर्षकी छात्रा ओसिन लिम्बूले स्वागत मन्तव्य राखेकी थिइन् । कार्यक्रममा बिएचएम प्रथम वर्षकी छात्रा लिषा लिम्बूले पनि स्वागत मन्तव्य व्यक्त गरिन् भने बिबिएस प्रथम वर्षकी छात्रा अलिसा थापा र बिएचएम फस्ट सेमेष्टरकी सविना अधिकारीले धन्यवाद ज्ञापन गरेकी थिइन् । यस्तै, फेयरवेल स्पिच एङ्लीसा थापाले व्यक्त गरेकी थिइन् ।
कार्यक्रममा टयालेन्ट शो, विविध खेलकुदलगायतका अन्य गतिविधिमा बिजेता विद्यार्थीलाई पुरस्कृत समेत गरिएको थियो । कार्यक्रममा विद्यार्थीले नृत्यकला, गायनकला प्रस्तुत गरेका थिए ।
तस्वीरहरुः हाम्रो कोशी आवाज

प्रकाशित मिति: चैत्र ३० २०७९, बिहिबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend